नेपाल प्रहरी श्रीमति सँघद्धारा जनकपुरमा राहत
उनीहरुलाई चामल, दाल, खाने तेल, नुन सहित ब्लैन्केट र बच्चाहरुको लागि टराउजर समेत प्रदान गरिएको हो । स्थानीय समाजसेवाी, नागकिर समाजका अगुवाहरुको मोटो उपस्थितिमा राहत वितरण गरिएको हो ।

२०७७ माघ ८ बिहीबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रहरी श्रीमति सँघ भृकुटिमण्डपद्धारा जनकपुरमा राहत वितरण गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बलुवाटोलमा विपन्नहरुलाई राहत प्रदान गरिएको हो ।
विहिबार बिहान एक कार्यक्रमको आयोजना गरी सो वडामा रहेका १ सय २५ विपन्न र आवश्यक परिवारलाई राहत दिएको हो । सँघकी अध्यक्ष सृजना थापाको प्रमुख आतिथ्यमा आयोजना गरिएको राहत वितरण कार्यक्रममा मुसहर वस्तीका विपन्नहरुलाई राहत प्रदान गरिएको हो ।
२ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानीरिक्षक (डिआईजी) धिरज प्रताप सिंह , २ नं. प्रदेश राष्ट्रिय अनुसन्धानको अनुसन्धान निर्देशक हरिहर पौडेलको विशेष उपस्थितिमा १ सय २५ घरधुरीलाई खाद्यान्न सहित कपडा वितरण गरिएको हो ।
उनीहरुलाई चामल, दाल, खाने तेल, नुन सहित ब्लैन्केट र बच्चाहरुको लागि टराउजर समेत प्रदान गरिएको हो । स्थानीय समाजसेवाी, नागकिर समाजका अगुवाहरुको मोटो उपस्थितिमा राहत वितरण गरिएको हो ।
चिसोबाट प्रभावित घरधुरीलाई दृष्टिगत गरी उनीहरुलाई चिसोबाट बच्न पनि विशेष राहतको व्यवस्था गरिएको जनाइएको छ । सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ क्षिनमस्ता बाहिनी मुख्यालय महोत्तरीको स.प्र.ना.म.नि. चन्द्र प्रकाश गौतम, संघिय प्रहरी ईकाई कार्यालय जनकपुरको प्र.ब.उ. किशोर कुमार दहाल ,धनुषाको सिडिओ बन्धु प्रसाद बास्तोला , धनुषा जिल्ला प्रहरी कार्यालय प्रमुख प्र.उ. प्रकाश रानाभाट, प्रहरी सहायक निरीक्षक मकेन्द्र मिश्र लगायत समाजसेवी अमर चन्द्र अनिल, पत्रकार, सामुदायिक केन्द्रका प्रतिनिधि, स्थानि वडा अध्यक्षको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…