माईक्रो र मोटरसाईकल ठोक्किँदा ३ जनाको मृत्यू, आधा दर्जन बढी घाईते !
दुर्घटनामा विराटनगरका ५२ वर्षीय जय नारायण यादव, सप्तरीको मन्सापुरका ६० वर्षीया ईन्द्रमला देवी, राजविराज–७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल घाइते भएका छन् ।

२०७७ माघ ६ मंगलबार, बेलुकी ६:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज ।सुनसरीको दुहवी–इनरुवा सडकखण्डमा माईक्रोले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमै ३ जनाको मृत्यु भएको छ ।
आज अपरान्ह प्रदेश १ को विराटनगरबाट प्रदेश २ को सप्तरीतर्फ आउँदै गरेको माईक्रोबस र पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मोटरसाईकल एक आपसमा जुध्दा ३ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिराटनगरबाट राजबिराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो । प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को ३४ प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।ठक्करबाट मोटरसाइकल चालक सहित तीन जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, सो दुर्घटना पश्चात ३ जनाको अवस्था गम्भिर रहेकोमा तीनै जनाको उपचारको क्रममा मृत्यू भएको हो । मृत्यू हुनेमा सप्तरीको राजविराज–१ का २२ वर्षीय शंकर यादव, सुनसरीको ईनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डलको मृत्यु भएको छ भने अन्य एक जना मृतक पहिचान खुल्न सकेको छैन् ।
दुर्घटनामा विराटनगरका ५२ वर्षीय जय नारायण यादव, सप्तरीको मन्सापुरका ६० वर्षीया ईन्द्रमला देवी, राजविराज–७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल घाइते भएका छन् ।
यसैगरी सुनसरीको ईनरुवा–८ गणेशपुरका ५२ वर्षीय चन्द्र मेहता, भोक्राहाका १९ वर्षीय प्रशान्त यादव, प्रकाशपुरका २३ वर्षीय भरत यादव घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाइएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…