उपमेयर यादवको पहलमा खानेपानी ट्यांकी निर्माण हुँदै
विशेष पहल नगर उपप्रमुख मिना यादवको सक्रियतामा योजना ल्याएको बताइएको छ । खानेपानी ट्यांकि शिलान्यास गरिएकोमा स्थानिय वासिन्दा शुद्ध...

२०७७ माघ ६ मंगलबार, दिउँसो २:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिका उपमेयर मिना यादवको पहलमा खानेपानी टयाँकी निर्माण हुने भएको छ ।
नगरपालिकाको वडा नम्बर ९ र १० अन्तर्गत बरमझियामा खानेपानी ट्यांकी तथा ढल व्यवस्थापनको शिलान्यास एक कार्यक्रमबीच गरेकी हुन् ।
तराईको भू–भागमा खानेपानीको अभाव हुँदै जान थालेपछि उक्त क्षेत्रका जनतालाई खानेपानी पुरयाउने उद्देश्यले पानी ट्यांकीको शिलान्यास गरिएको हो । खानेपानी तथा सरसफाई उपभोक्ता समितिले औपचारिक कार्यक्रमको आयोजना गरी उपमेयर मिना कुमारी यादव पानी ट्यांकीको शिलान्यास गराएको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर यादवले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु(याउन हामी जनप्रतिनिधि अघि बढिरहेको बताइन् ।
अध्यक्षता जग्गा दाता देबनाथ प्रसैला,प्रमुख अतिथी गणेशमचारनाथ नगरपालिका उपमेयर मिना देवि यादव रहेका थिए ।
उनले सन् २०३० सम्ममा प्रशोधन सहितको खानेपानीको सुविधा शत प्रतिशत पु(याउन सरकार उद्देश्य राखेको जानकारी दिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन, ‘ दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ । प्रशोधन सहित खानेपानीको पहुँच पुरयाउन धेरै लगानी स्थानीयको संरक्षण सहित चासो राख्न आवश्यकता रहेको छ ।’
विशेष पहल नगर उपप्रमुख मिना यादवको सक्रियतामा योजना ल्याएको बताइएको छ । खानेपानी ट्यांकि शिलान्यास गरिएकोमा स्थानिय वासिन्दा शुद्ध खानेपानी खानपाउने भनेर खुसी महसुस गरेका छ्न् ।
कार्यक्रममा ,वडा नं ९ अध्यक्ष दायाराम यादव ,पुर्व गा वि स अध्यक्ष तथा उपभोक्ता समिती अध्यक्ष बिशुन्देव यादव ,वडा नं १० का अध्यक्ष वडा अध्यक्ष ,उपभोक्ता समिती ,बुद्धिजीवी ,स्थानीय भद्रभलादमीको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…