धनुषाधामः जाडोमा स्वेटर पाएपछि बच्चाहरु दँग
अधिकांश बच्चाहरुलाई न्यानो कपडाको अभावमा विहान र बेलुका ट्यूसन आउन समस्या हुने गरेकोले स्वेयटर वितरण गरिएको हो । स्वेयटर वितरण गर्नाले न्यानो कपडाकै अभाबमा पढाई छोड्नुपर्ने समस्याबाट केही छुटकारा दिलाउने आशा राखेको मण्डलले थपे ।

२०७७ माघ ५ सोमबार, राति ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । माघ महिना चढे लगत्तै आएको शितलहरबाट प्रभावित बालबालिकाहरुलाई मिथिला वाइल्ड लाईफ ट्रस्टले न्यानो स्वेटर दिएपछि दँग परेका छन् ।
विगत ८ बर्षदेखि धनुषाधाम नगरपालिकामा मिथिला वाईल्ड लाईफ ट्रस्टले सँचालन गर्दै आएको सिकाई केन्द्रका बालबालिकाहरुले न्यानो स्वेटर पाएपछि खुसी देखिए ।
.jpg)
सोमबार धनुषाधामका कोठा टोल, बिचला टोल, जंगल टोल, सुन्दरपुर र मखनपुरका गरिब, दलित तथा बिपन्न बच्चाहरुलाई मिथिला वाईल्डलाईफ ट्रष्टले स्वेटर दिएका हुन् ।
समाजिक एवम् गैर सरकारी सँस्था छोरा छोरी यूके, लिटल फिट यूके, महिला विकास जनवकालत केन्द्र, नेपाल र केही व्यक्तिहरुको सहयोगमा निःशूल्क ट्यूसन सञ्चालन गर्दै आईरहेका छन् ।

सबै विद्यार्थीहरु धनुषाधाममा अबस्थित सामुदायिक विद्यालयका विद्यार्थीहरु हुन् । नियमित कक्षा पश्चात उनीहरुलाई अलग अलग समयमा निःशूल्क ट्यूसन पढाईन्छ । हाल जम्मा २ सय ४७ जना आर्थीक रुपले बिपन्न परिवारका विद्यार्थीहरुलाई स्वेयटर वितरण गरिएको मिथिला वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले बताए ।
अधिकांश बच्चाहरुलाई न्यानो कपडाको अभावमा विहान र बेलुका ट्यूसन आउन समस्या हुने गरेकोले स्वेयटर वितरण गरिएको हो । स्वेयटर वितरण गर्नाले न्यानो कपडाकै अभाबमा पढाई छोड्नुपर्ने समस्याबाट केही छुटकारा दिलाउने आशा राखेको मण्डलले थपे ।

यस स्वेयटर वितरणका लागि छोरा छोरी यूके, लिटल फिट यूके र जर्मनीका दम्पत्ति डा. माईकल हिस र बेटिना हेन्डीले आर्थीक सहयोग गरेको अध्यक्ष मण्डलले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…