सिरहाः जसपाको विरोधसभालाई राजकिशोर पक्षधरद्धारा बहिष्कार
यसका साथै, उनले आफनो फोटो राखेर विभिन्न सँचार माध्यममा आएको समाचार सहित आफूप्रति नाकारात्मक टिकाटिप्पणी गर्नेप्रति आपत्ति जनाए । उनले जसपाको विरोध सभालाई बहिष्कार गरेको जनाउँदै नारा जुलुसको लागि तयार गरिएको झण्डा, गाडी, बस सबै फिर्ता गरिएको सुनाए ।

२०७७ माघ ३ शनिबार, दिउँसो २:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले सँसद विघटन गरेपछि जनता समाजवादी पार्टीले घोषणा गरेको विरोध सभालाई जसपाकै नेता राजकिशोर यादवले बहिष्कार गरेका छन् ।
तत्कालिन राजपाका अध्यक्ष समेत रहेका जसपाका नेता एवम् पूर्व साँसद राजकिशोर यादवका समर्थकहरुले जसपाको पूर्वघोषित विरोध सभालाई बष्हिकार गरेको जनाइएको छ ।
नेता यादवका निकटम व्यक्ति रहेका राजाराम यादवले आफूहरु विरोध सभालाई बहिष्कार गरेको जानकारी दिएका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा उनले जसपाले सिरहामा गरेको विरोधसभालाई आफूहरु बहिष्कार गरिसकेकेको बताए ।
पार्टी अध्यक्ष उपेन्द्र यादवसँग भएको टेलिफोन सँवादको क्रममा राजाराम यादवले नेता राजकिशो यादवलाई बरियताको क्रममा माथि राख्न अनुरोध गरेका थिए भने अध्यक्ष यादवले पठाएको नाम सूचि मात्र रहेका र बरियता नरहेको जिकिर गरेपछि फोनमै विवाद भएको थियो र अडियो क्लीप सार्वजनिक भएको थियो ।
तत्कालिन राजपा र सँघीय समाजवादी फोरम नेपाल मिलेर बनेको जनता समाजवादी पार्टीले माघ ३ गते सिरहामा ओलीको कदम विरुद्ध विरोध सभा गर्ने निर्णय गरेको थियो ।
एक अर्को प्रसँगमा राजाराम यादवले केही तत्वहरुले आफू विरुद्ध समाजिक सँजालमा भ्रम फैलाएको दाबी गरे । उनले आफू जनता समाजवादी पार्टीको नेतृत्व भएपनि आफूलाई सुनुयोजित तवरले बदनाम गराउन समाजिक सँजालमा नेपाली काँग्रेसको गुप्चर भएको भनेर लगाएको आरोप निराधार रहेको बताए ।
यसका साथै, उनले आफनो फोटो राखेर विभिन्न सँचार माध्यममा आएको समाचार सहित आफूप्रति नाकारात्मक टिकाटिप्पणी गर्नेप्रति आपत्ति जनाए । उनले जसपाको विरोध सभालाई बहिष्कार गरेको जनाउँदै नारा जुलुसको लागि तयार गरिएको झण्डा, गाडी, बस सबै फिर्ता गरिएको सुनाए ।
पुनश्चः यसअघिको तस्विरमा सम्बन्धित व्यक्ति सहित अन्य जनाको पनि सामुहिक तस्विर पर्न गएकोले हामी क्षमा प्रार्थी छौं । समाचारको मुख्य तस्विर सच्याइएको छ । आगामी दिनमा यसप्रति थप सजग हुने प्रतिवद्धता जाहेर गर्दछौं -सम्पादक
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…