भोली माघ १ गते सार्वजनिक छुट्टी
यसका साथै, विदेशमा पनि रहेको नेपाली नियोगहरुमा समेत सार्वजनिक विदाको घोषणा गरिएको हो । गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी १ गते सार्वजनिक विदाको घोषणा गरेको हो ।

२०७७ पुस २९ बुधबार, बिहान ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले भोली माघ १ गते विहिबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । माघे सँक्रान्ती पर्वको अवसरमा सरकारले १ दिने सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गत पुस २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले माघे सँक्रान्तीलाई मध्यनजर गर्दै १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । माघी पर्वको अवसरमा देशभरिका सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।
यसका साथै, विदेशमा पनि रहेको नेपाली नियोगहरुमा समेत सार्वजनिक विदाको घोषणा गरिएको हो । गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी १ गते सार्वजनिक विदाको घोषणा गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…