मिर्चैयाका २ आगलागी पीडितलाई हेस्राको राहत
तत्काल इमर्जेन्सी राहत अन्तर्गत यी राहत सामाग्री उपलब्ध गराइएको र यसपछि थप सहयोग उपलब्ध गराउने प्रयास गर्ने हेस्राका शोइब अनवरले बताए । हेस्रा नेपालले मुलुकभर विपदका समयमा राहत तथा उद्धारका कार्य गर्दै आएको छ ।

२०७७ पुस २८ मंगलबार, राति ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका दुई आगलागी पीडितलाई राहत प्रदान गरिएको छ ।
मिर्चैया–७ मौराहामा गत २२ गते र मिर्चैया–९ चुरे बस्ती घुर्मीमा गत २० गते आगलागी भएको थियो । ती दुबै बस्तीका आगलागी पीडितलाई समाजिक संस्था हेस्रा नेपालले राहत प्रदान गरेको हो ।
मौराहामा भएको आगलागीबाट स्थानीय रफिक राइनको घर जलेर नष्ट हुनुका साथै उनका एक ८ वर्षीय छोराको पनि जलेर मृत्यु भएको थियो । यस्तै, घुर्मीको आगलागीमा स्थानीय खिल बहादुर सुनुवारको परिवार पूर्ण रुपमा विस्थापित भयो ।
.jpg)
आगलागीका पीडित परिवारहरुलाई हेस्रा नेपालले तत्काल राहत स्वरुप २५ किलो चावल, दाल, चिउरा, तेलसहित सिरक र आर्थिक सहयोग पनि गरेको छ ।
तत्काल इमर्जेन्सी राहत अन्तर्गत यी राहत सामाग्री उपलब्ध गराइएको र यसपछि थप सहयोग उपलब्ध गराउने प्रयास गर्ने हेस्राका शोइब अनवरले बताए । हेस्रा नेपालले मुलुकभर विपदका समयमा राहत तथा उद्धारका कार्य गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…