शितलहरः असहायको घरमा नौसय विघा समाज सहयोग युवा समुह
राहत बितरण कार्यक्रममा उमाप्रेमपुर स्वास्थ्य चौकी इन्चार्ज अरुण मण्डल ,बजरंग युवा क्लबका अध्यक्ष रामपुकार यादव, बिन्दल यादव ,गुलाब मण्डल लगायतको युवाहरुको उपस्थितिमा राहत समाग्री प्रदान गरिएको हो ।

२०७७ पुस २८ मंगलबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसयविघा मुसहरी टोलमा एकल महिला, गरिबको घरमा युवाहरुको एक समूहले राहत प्रदान गरेका छन् । खाडि मुलुकमा रहेका युवाहरुले आर्थिक ,खाधन्न ,कपडा लगायतका सामग्रीहरु बितरण गरेका छन् ।
धनुषाधाम नगरपालिका वडा नम्बर५ का खाडी मुलुकमा कार्यरत युवाहरुले नौसयबिघा बस्ने सुक्राम सादाको घरमा राहत दिएका छन् । अति विपन्नको रेखामुनी रहेका सुक्रामको परिवारलाई राहत दिएको हो ।
सुक्रामको मृत्यूपछि उनकी श्रीमति ,आमा, बच्चाहरु दुई छाक खाना खान समस्या भएको अवस्थामा शितलहरलाई मध्यनजर गर्दै सहयोग स्वरुप आर्थिक नगद रु १० हजार सहित खाद्यान्न र कपडा सहयोग गरेका छ्न ।
“नौसय विघा समाज सहयोग युवा समुह” को अध्यक्ष विजय मण्डलको बिशेष पहलमा वैदेशिक रोजगारमा रहेका युवाहरुले सहयोग गरेका हुन् । न्यूज ब्यूरोसंग कुराकानी गर्दै मण्डलले भने–“मन्दिरमा पुजा गर्नु भन्दा बढि खुसि असहायको सहारा बन्नमा खुसी लाग्छ । त्यस अनुरुप हामी यी राहत स्थानीयको अनुसार उहाँको झोपडीमा पुरुष कोई छैन , घर घडेरी केही छैन । हामी जानकारी पाए लगतै सबै साथिमा सल्लाह गरि पैसा जम्मा गरेर स्थानीय युवा मार्फत हस्तान्तरण गरेका छौं ।”
राहत बितरण कार्यक्रममा उमाप्रेमपुर स्वास्थ्य चौकी इन्चार्ज अरुण मण्डल ,बजरंग युवा क्लबका अध्यक्ष रामपुकार यादव, बिन्दल यादव ,गुलाब मण्डल लगायतको युवाहरुको उपस्थितिमा राहत समाग्री प्रदान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…