विद्यालयको हरहिसाब माग गर्दै धनुषाको मँगराहामा मशाल जुलुस
विद्यालयका प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको वडाध्यक्ष राजकुमार यादवको दबाबमा हरहिसाब पारदर्शी नगरी सार्वजनिक ढुकुटी चलखेल गरेको आरोप लगाइएको छ ।

२०७७ पुस २६ आइतबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको वडा नं. १ मा युवाहरुद्धारा मशाल जुलुस प्रदर्शन गरिएको छ ।
कमला नगरपालिका वडा नं. १ स्थित रहेको जनता माध्यमिक विद्यालय मँगराहाको हर हिसाब माग गर्दै मशाल जुलुस प्रदर्शन गरिएको हो । स्थानीय विपी यादवको नेतृत्वमा विद्यालयले पटक पटक मिति सारेपछि हरहिसाबको लागि दबाब स्वरुप जुलुस प्रदर्शन गरिएको हो ।
उनीहरुले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको विरोधमा मशाल जुलुस प्रदर्शन गरेको हो । शनिबार साँझ “भ्रष्टाचारी हेड मास्टर–मुर्दावाद, विद्यालय व्यवस्थापन समिति–मुर्दावाद, लोकसेवा पास भगाएको शिक्षक–फिर्ता गर, विद्यालयमा राजनीति नियुक्ति–बन्द गर, स्कुलको हरहिसाब –सार्बजनिक गर, खाजा भत्ता –कायम गर, विद्यार्थी भर्ना कमप्युटर शुल्क –फिर्ता गर जस्ता नाराका साथ मशाल जुलुस गरिएको हो ।
विद्यालयका प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको वडाध्यक्ष राजकुमार यादवको दबाबमा हरहिसाब पारदर्शी नगरी सार्वजनिक ढुकुटी चलखेल गरेको आरोप लगाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…