राजावादीहरुको माग– 'हामीलाई राजा चाहिन्छ, गणतन्त्र चाहिँदैन'
रयालीमा पूर्वमन्त्रीहरु बद्री प्रसाद मण्डल, कुमार सुब्बा, टेक नारायण राजबंशी, सिनेत श्रेष्ठ समेतले धारणा राखेका थिए ।

२०७७ पुस २२ बुधबार, बेलुकी ६:३२ बजे१ मिनेट पढाइ

सबिन यादव, विराटनगर । देशमा राजनीतिक उथलपुथल भइरहँदा देशको विभिन्न ठाउँमा राजावादीहरु सक्रिय भएका छन् । सोही क्रममा बुधबार प्रदेश नं. १ को राजधानी विराटनगरमा विशाल जुलुस प्रदर्शन गरिएको छ ।
राजा आउ देश बचाउ, राजा जनता एक होउ नारा सहित सुनसरीको इटहरी देखि मोरँगको सदरमुकाम विराटनगरसम्म राजबादीहरुले विशाल रयाली निकालेका छन् ।
नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने, राजसंस्थालाई पुनः स्थापना गर्नुपर्ने, संघियता खारिज गर्नुपर्ने माँग सहित हजारौंको संख्यामा रहेको राजावादी पक्षधरहरुले सो रयाली निकालेका हुन् । उनीहरुले सो क्रममा गणतन्त्र चाहिँदैन, राजा मात्र चाहिन्छ भन्दै नारा घन्काएका थिए ।
इटहरीबाट निकालिएको विशाल रयाली विराटनगर स्थित महेन्द्र चौकमा गएर कोणसभा परिणत भएको थियो । मोटो संख्यामा निकालिएको सो रयालीमा पूर्वमन्त्रीहरु बद्री प्रसाद मण्डल, कुमार सुब्बा, टेक नारायण राजबंशी, सिनेत श्रेष्ठ समेतले धारणा राखेका थिए ।
त्यस्तै, सिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिलबाबा बस्नेत, राप्रपाका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य प्रहलाद साह, हिन्दुगुरु श्रीनिवास आचार्य ,सामाजिक अभियन्ता डिल्लीराम खनाल लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…