धनुषाको शहिदनगरमा प्रचण्ड–माधव पक्षधरले ९१३ सदस्यीय सँघर्ष समिति बनाउने
बृहत भेलाको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता बरबरियाले शहिदनगरबाट मात्र ९०० बढी मास मोटो र ठुलो हुने जिकिर गरे । यस्तै, धनुषाको अन्य विभिन्न पालिकाहरुबाट ठुलो मास तयार गरिने बताएका छन् ।

२०७७ पुस २१ मंगलबार, राति ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड पक्षधरले धनुषाको शहिदनगरबाट ९१३ सदस्यीय समिति बनाउने निर्णय गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनुषा शहिदनगर नगरपालिकामा मँगलबार आयोजना गरिएको बृहत नगर स्तरीय कार्यकर्ता भेलाको क्रममा प्रत्येक वडाबाट ९०० सदस्यीय सँघर्ष समिति बनाउने भएको छ ।
नेकपा केन्द्रिय सदस्य एवम धनुषा जिल्ला ईन्चार्ज श्रवण बरबरिया यादवको प्रमुख अतिथ्यमा भएको बृहत भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको गैर संवैद्यानिक भएको भन्दै त्यसको विरुद्ध संघर्ष गर्नको लागि विशाल समिति बनाउने निर्णय गरिएको हो ।

त्यसको लागि शहिदनगर नगरपालिकाको प्रत्येक वडाबाट १०० १०० सदस्यीय गरी ९ वटै वडाबाट ९०० सदस्यीय सहित १३ सदस्यीय सचिवालय गरी ९१३ सदस्यीय विशाल समिति बनाउने भएको छ । सो समिति बनाएपछि एकैपटक मोटो सँख्यामा जनसागर ओर्लने बताए ।
शहिदनगर नगरपालिकाका मेयर एवम् नेकपाका प्रदेश कमिटि सदस्य समेत रहेका उदय कुमार बरबरिया यादवको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त भेलाले नगर संघर्ष समिति तनुकलाल यादवको संयोजकत्व र रामदियाल दासको सह–संयोजकत्व रहनेगरी प्रत्येक वडाबाट समिति बनाउने निर्णय गरिएको हो ।

बृहत भेलाको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता बरबरियाले शहिदनगरबाट मात्र ९०० बढी मोटो र ठुलो हुने जिकिर गरे । यस्तै, धनुषाको अन्य विभिन्न पालिकाहरुबाट ठुलो मास तयार गरिने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…