मोटोको ढिस्कोमा पुरिएर बाँचेकी मन्जुलाई सम्मान मधेशको १ लाख सहयोग
कतारमै सम्मान मधेशका अगुवा चौठी मण्डल, फुलेशवर, अशोक सहनी, सोबराज मण्डल, छठु, शयाम, शिवनाथ, संतोष मुखिया, पवन यादब, सिताराम लगायतले..

२०७७ पुस २१ मंगलबार, राति ८:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को महोत्तरी जिल्ला बस्ने एक पीडितलाई सम्मान मधेश नामक सँस्थाले आर्थिक सहयोग गरेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. १२ नैनही गाउँ बस्ने स्थानीय शिवजी ठाकुरकी १६ बर्षिय छोरी मन्जु कुमारी ठाकुरको उपचारको लागि १ लाख १ सय ५५ रुपैयाँ सहयोग गरिएको हो ।
सम्मान मधेश सँस्थाका पदाधिकारीहरुले ठाकुर माटोको ढिस्कोमा पुरिएर बाँचेकी हुन् । उनलाई गम्भिर चोट लागेपछि विगत बर्षदेखि नै ओछ्यानमा रहेकी छन् । सो अवस्थाको बारेमा जानकारी प्राप्त भएपछि उनको थप उपचारको लागि सम्मान मधेशले १ लाख रुपैयाँ सहयोग गरेको हो ।
३ वर्ष पहिले माटो खन्न गएकी मन्जु माटोकै ढिस्कोमा पुरिएकी थिइन, उनलाई अस्पताल भर्ना गरी बचाइएपनि अपाँग भएकी छन् । “महिनाबारीको समयमा उनलाई निकै कष्ट हुने गरेको छ, उपचारको लागि रकम जोहो गर्नुपर्छ, रकमको अभावमा उपचार पनि गराउन पाएको छैन् , पहिले झै आफ्नो छोरीलाई हेर्न चाहन्छु ।”– मन्जुकी आमा शैलियादेवी ठाकुरले बताइन् ।
कतारमा क्रियाशिल युवा सेवक पदाधिकारीहरू मिलेर सम्मान मधेशनेपालका अध्यक्ष शम्भु चोैधरीले उनकी आमालाई उपचारको लागि रकम सहयोग गरेको हो ।
परिवारको दुई छाक टार्न नै समस्या भएको अवस्थामा मन्जुको उपचारको लागि झन समस्या भएको अवस्था सँस्था कतारका रामचन्द्र सिंह, शरवन सिंह कुशवाहा ,प्रमोद यादब, उतिम लाल साफि, विमल महतो, गणित यादव, बटोहि यादब, राम प्रताप साह, पंकज मण्डल, जितेन्द्र दास, बालवोध यादब, संजय महतो, अशोक राय, राम मनोह दाश , जय कशोर मुखिया, राम विलाश पासमान, शंकर सादा, बिजय, ओपिन्द्र कापर, राजु सादा,अ लाउदिन लगायतका व्यक्तिहरुले सहयोग गरेका हुन् ।
कतारमै सम्मान मधेशका अगुवा चौठी मण्डल, फुलेशवर, अशोक सहनी, सोबराज मण्डल, छठु, शयाम, शिवनाथ, संतोष मुखिया, पवन यादब, सिताराम लगायतले मन्जुलाई सहयोगको लागि अग्रसर भएको बताइएको छ ।
रकम उनको आमालाई हस्तान्तरण गरिएको हो । रकम बुझ्दै उनकी आमाले सम्मान मधेशका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…