जनकपुरः भाईकै छोरालाई घाँटी दबाएर हत्या गरी भैंसी घरमा गाड्ने महिला पक्राउ
प्रमिलालाई नियन्त्रणमा लिएपछि उनले अपराध स्वीकार गरेको बताइएको छ ।

२०७७ पुस १७ शुक्रबार, बेलुकी ६:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नातामा भतिजो पर्ने एक बालकलाई एक महिलाले घाँटी थिची हत्या गरेको आरोपमा पक्राउ परेको छ ।
गत बुधबार करिब दिउँसो ३ बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नं. २ दुहबी बस्ने जीवन राय अमातको छोरा बर्ष ५ को अभिनन्दन अमातलाई घाँटी थिची हत्या गरी भैंसी घर (गोठघर) मा गाडेको खुलेको छ ।
सोही स्थान बस्ने मृतक बालकको नातामा बाजे अर्थात आरोपित महिलाको भजितो पर्ने बालकलाई उनको घरमा खेल्न आउँदा सुताएर घाँटी थिची हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आज गरेको पत्रकार सम्मेलनमा मृतक बालककै बाजे नाता पर्ने ब्रम्हदेव राय अमातको भैसी बाध्ने गोठघरमा खाल्डो खनि सोही खाल्डोमा मृत अबस्थामा अभिनन्दन राय अमातको लास फेला परेको हो ।
भैंसी घरमा लास भेटाएको कुरा थाहा पाउनसाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट एसपीको कमाण्डमा गएको अनुसन्धान टोलीले ब्रम्हदेव राय अमातको जेठी छोरी बर्ष २६ की प्रमिला देवी अमातले रूपैया लेन देनकोको कारणबाट रिसईबि बनाई बालकलाई हत्या गरेको खुलेको हो ।
गत बुधबार विहान करिब ९ बजेको समयमा घटनास्थल स्थित प्रमिला देवीको घर दरबजामा आउँदा प्रमिला देवीले बच्चालाई चाउचाउ खान दिएको तथा चाउचाउ खाई सकेपछि करिब १२ बजेको समयमा बच्चाले निद्रा लागेको भनेपछि सुत्न पठाएको खुलेको छ ।
प्रमिलाले आफ्नो बुबा ब्रम्हदेव राय अमात सुत्ने गरेको खाटमा सुतन पठाएर बच्चा सुतिरहेको अवस्थामा अबस्थामा घटनास्थलमा कोहि नभएको बेला मौकाछोपी बच्चा सुतिरहेकै अबस्थामा घांटी थिचि हत्या गरिएको खुलेको हो ।
हत्या गरिएका बच्चाको सोही दिन करिब ६ः३० बजेको समयमा अन्धयारो भएको अबस्थामा घटनास्थलबाट बच्चाको लास उठाई भैसी बाध्ने गोठघरमा सानो खाल्डो खनि मृत बच्चालाई राखि सेतो सलले मृतकलाई छोपेर खरानी (छाउर) राखेको जानकारी अनुसार प्रमिलालाई पक्राउ गरिएको हो ।
प्रमिलालाई नियन्त्रणमा लिएपछि उनले अपराध स्वीकार गरेको बताइएको छ । उनलाई अहिले प्रहरी नियन्त्रणमा राखिएको छ भने बालकको लासलाई पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाक्ष्एको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…