प्रदेश २ः वडाध्यक्ष यादवले सेवाग्राही कुटेको आरोप
वडाध्यक्ष यादव निरन्तर कुनै न कुनै विवादमा तानिदै आएको स्थानीयहरु बताउँछन् ।

२०७७ पुस १६ बिहीबार, दिउँसो ४:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ का एक वडाध्यक्षले सेवाग्राहीलाई कुटेको आरोप लगाइएको छ । सिरहा जिल्ला स्थित विष्णुपुर गाउँपालिकाका एक वडाध्यक्ष उपर यस्तो आरोप लगाइएको छ ।
विष्णुपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गोपिन्द्र यादवले वडा कार्यालयमा मृत्यू दर्ता बनाउन आएका एक सेवाग्राहीलाई कुटपिट गरेको आरोप लगाइएको हो ।
बुवाको मृत्यूदर्ता बनाइदिन विगत एक सातादेखि वडा कार्यालय धाउँदै गरेका सोही वडाका अन्दाजी बर्ष ३५ का विनय कुमार मण्डललाई वडाध्यक्ष यादवले कुटपिट गरेको आरोप लगाइएको हो ।
वुवाको मृत्यूदर्ताको लागि दौडाहामा रहेका मण्डलले विहिबार पनि वडाध्यक्ष यादवलाई मृत्यू दर्ताको लागि सिफारिस गरिदिन आग्रह गर्दा कुटपिट गरेको बताइएको छ । यद्यपी, वडाध्यक्ष यावदले भने आरोपलाई निराधार बताएका छन् ।
न्यूज ब्यूरोसँगको कुराकानीमा उनले आफू सेवाग्राही नकुटेको बताएका छन् । उनले सिफारिसको लागि शंका लागेर एक दुई दिन प्रतिक्षा गर्न मात्र भनेपछि मण्डलले तथानाम भनेपछि उनलाई कार्यालयबाट हटाएको मात्र बताए ।
विनयसँगै उनका भाई मनिकलाल मण्डललाई समेत कुटपिट गरिएको बताइएको छ । यता, वडाध्यक्षले कुटपिट नगरेको दाबी गरेका छन् । वडाध्यक्ष यादव निरन्तर कुनै न कुनै विवादमा तानिदै आएको स्थानीयहरु बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…