विदेशमै ज्यान गुमाएका मुखिया परिवारलाई मधेशी समाजको राहत
मधेशी युवा एकता सेवा समाज संस्थाका कोषा अध्यक्ष समभु अधिकारी ,सदस्य मनोज पासमान सँचारकर्मी शम्भु पण्डित र स्थानीय जिवछको रोहवरमा सहयोग गरिएको हो ।

२०७७ पुस १५ बुधबार, बिहान ९:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बिदेशमै ज्यान गुमाएका धनुषाका एक पीडित परिवारलाई मधेशी युवा एकता सेवा समाज नामक संस्थाले राहत प्रदान गरेको छ ।
मधेशी युवा एकता सेवा समाज संस्थाले २५ हजार पाँच सय ५५ रुपैया नगद सहित ५० किलो चामल, ५ केजि दाल, ३ लिटर तेल, साबुन ,सर्फ, चाउचाउ, बेसार, सहितका मशालाहरु लगायत दुई महिनाको खाद्यान्न सामग्री सहयोग गरेको छ ।
धनुषा सबैला नगरपालिका वडा नं.१३ किरतपुर निवासी ५४ वर्षीय सन्तोलिया मुखियालाई आर्थिक सहित खाद्यान्न सहयोग गरिएको हो ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुर टोलका सन्तोलिया मुखियालाई मधेशी युवा एकता सेवा समाज संस्था लगायत कोषा अध्यक्ष शम्भु अधिकारी र सदस्य मिलेर उनको घरमै पुगेर सहयोग गरेको हो ।
वैदेशिक रोजगारीका सिलसिलामा कतार गएका बेला उनका श्रीमानको अचानक मृत्यु भएको थियो । तीन छोरि मध्ये एक छोरिलाई सन्तोलियाले बिवाह गरिदिएकी छिन् भने दुई छोरि फुलकुमारि मुखियार रजना मुखिया घरको काम सम्हाल्दै छिन् ।
दुई छोरा १४ वार्षिय अजित मुखिया र ५ बर्षका संतोश मुखियाले बुवाको निधन भएपछि घरमा कुनै आयश्रोत समेत नभएको अवस्थामा मधेशी एकता समाजले सहयोग गरेको हो ।
“आमा अहिले ज्यालामजदुरी गरेर हामीलाई पेट चलाँउदैछ । बुवा छदै थिए , त्यतिबेला गाउँमा साउ संग कर्जा लिएर दिदीलाई बिहे गरेका वुवाले कर्जा चुक्ताको लागि विदेश जाँदा बितेपछि झन पीडामय जीवन भएको छ ।”– उनका छोराले भक्कानिए ।
मधेशी युवा एकता सेवा समाज संस्थाका कोषा अध्यक्ष समभु अधिकारी ,सदस्य मनोज पासमान सँचारकर्मी शम्भु पण्डित र स्थानीय जिवछको रोहवरमा सहयोग गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…