जसपाको दोस्रो चरणको आन्दोलन घोषणा, मुख्यमन्त्री राउतले समेत नारा लगाउने
यस्तै पुस २७ गते प्रदेश नं. २ को आर्थिक नगरी भनेर चिनिने वीँरगँजमा हुने प्रदर्शनको क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउत, उपेन्द्र यादव र वृषेशचन्द्र लाल लगायतका नेताहरुले ओलीको कदम विरुद्ध नारावाजी गर्ने कार्यक्रम राखिएको हो ।

२०७७ पुस १३ सोमबार, बेलुकी ६:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले तराई मधेश सहित विभिन्न जिल्लाको लागि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनीधिसभा भँग गरेको विरोधमा जसपाले जनकपुर सहित विभिन्न ठाउँको लागि दोस्रो चरणको चरणवद्ध आन्दोलन गर्ने तयारी गरेको हो ।
आउँदो पुस २५ गतेदेखि माघ ७ गतेसम्म दुई हप्ते आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ जसमा जसपाका शिर्ष नेताहरुले समेत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
सो क्रममा पुस २५ गते प्रदेश नम्बर १ को राजधानी विराटनगरमा हुने प्रदर्शनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र नेता लक्ष्मणलाल कर्ण लगायतले समेत प्रदर्शनमा सहभागी हुने उल्लेख गरिएको छ ।
यस्तै पुस २७ गते प्रदेश नं. २ को आर्थिक नगरी भनेर चिनिने वीँरगँजमा हुने प्रदर्शनको क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउत, उपेन्द्र यादव र वृषेशचन्द्र लाल लगायतका नेताहरुले ओलीको कदम विरुद्ध नारावाजी गर्ने कार्यक्रम राखिएको हो ।
सोही दिन जनकपुरमा हुने प्रदर्शनमा राजेन्द्र महतो, रेणु यादव र शरतसिँ भण्डारी लगायतका नेताहरुले अगुवाई सहित प्रदर्शन गर्ने भएको छ ।
यी जिल्लाहरुबाहेक सुर्खेत, विर्तामोड, पोखरा, नेपालगँज, धरान, सिरहा, मलँगवा, कलैया, तौलिहवा सहित सबै जिल्लाको सदरमुकामा माघ ७ गते प्रदर्शन गर्ने कार्यक्रम राखिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…