जनकपुरः जानकी दरबार होटेलको २ वटा LED TV चोरी
चोरको चप्पल र जुत्ताको माटो लागेको छाप समेत सोफामा परेको जनाइएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

२०७७ पुस १० शुक्रबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर स्थित जानकी दरबार होटेलको दुई वटा एलइडी टिभी LED TV चोरले चोरी गरी लगेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित यातायात कार्यालय छेउमै रहेको जानकी दरबार होटेलको दुई वटा टिभी र १ वटा ब्लैन्कैट गरी ५१ हजार रुपैयाँ बराबरको समान चोरी भएको छ ।
गएराती खेतबाट ढोकामा सिढी (भरयाँग) लगाएर भित्र फानेका चोरले सन्साई कम्पनीको २ वटा एलइडी टिभी उखेलेर लगिदिएको होटल सँचालक मिनाक्सी झाले बताइन् ।

चोरीको घटनास्थलमा अनुसन्धान गर्दै प्रहरी
होटेलको रेष्टुरेन्टमा जडान गरिएको टिभी गएराती चोरले रेष्टुरेन्टको बाउन्ड्री पर्खालमाथिबाट चढेर रेष्टुरेन्ट भित्रैबाट चुकुल खोली टिभी लगेको सँचालक झाले बताइन् । उनले बिहान होटेल कर्मचारी होटेल खोलेपछि टिभी चोरी भएको देखेको थियो ।
सन्साई कम्पनीको २५५०० रुपैयाँ पर्ने २ वटा टिभी पर्खालमा तोडफोड गरी लगेको देखिएपछि प्रहरीलाई जानकारी गराएको थियो । अहिले प्रहरी होटेल पुगेर प्रारम्भिक अनुसन्धान थालेको हो ।
चोरको चप्पल र जुत्ताको माटो लागेको छाप समेत सोफामा परेको जनाइएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…