नेपालको सँसद विघटन, आउँदो बैशाखमा दुई चरणमा हुने चुनाव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्रीको सिफारिसमा आज (आईतबार) सँसद विघटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपतिको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा आउँदो बैशाखामा आम निर्वाचनको मिति समेत तोक्दै सँसद विघटन भएको घोषण

२०७७ पुस ५ आइतबार, दिउँसो २:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्रीको सिफारिसमा आज (आईतबार) सँसद विघटन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपतिको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा आउँदो बैशाखामा आम निर्वाचनको मिति समेत तोक्दै सँसद विघटन भएको घोषणा गरिएको हो ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।

तर, राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् ।
सँसद विघटन र चुनावको मिति तय गरिएको प्रेस विज्ञप्ति समाजिक सँजालमा पनि भाइरल भएलगत्तै अहिले सँसद विघटन चर्चाको विषय बनेको छ । जहाँतहाँ नेपालको राजनीतिक उथलपुथल भन्दै चर्चाको बिषय बनेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…