रेल नचल्दै परवाहा स्टेशनमा ग्रील काटेर पँखा, टायल्स देखि लिएर झ्यालसम्म चोरी
रेल सम्झौता भएको कम्पनी इरकानलाई उदृत गर्दै भारतीय मिडिया दैनिक भास्करका अनुसार चोरले बेँचको टायल्ससम्म चोरी गरी लगेको हो । रेल्वे सँचालन नहुँदा विभिन्न ठाउँमा बनेको स्टेशन र हल्ट अझै पनि बेबारिसे अवस्थामा हुँदा चोरले मौकाको फाईदा उठाएको देखिएको छ ।

२०७७ मंसिर ३० मंगलबार, बेलुकी ७:०४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जयनगर-बर्दिवास ब्रोडगेज रेल्वे विधिवत रुपमा सँचालन नहुँदै परवाहा स्टेशनमा भिषण चोरी भएको छ ।
जयनगर-बर्दिवास (Nepal Railway) रेलखंण्डमै रहेको देउरी परवाहा स्टेशनबाट चोरले स्टेशनभित्रको धेरै समानहरु चोरेर लगेको हो । अहिले जिम्मेवार रहेको इरकान कम्पनीका अनुसार परवाहा स्टेशन भवनको ग्रील काटेर समानहरु चोरी गरी लगेको जनाएको छ ।
परवाहा स्टेशन (Parwaha Station) को ग्रील काटेर स्टेशनभित्र लागेको पँखा, यात्रु बस्ने बेन्चको टायल्स, वाटर स्टैण्ड, झयाल, सीसा लगायतका समानहरु चोरी गरेर लगिएको जनाइएको छ । यद्यपी, यसबारे ईलाका प्रहरी कार्यालय औरहीले कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।
यता, यो चोरीको घटनालाई स्थानीयहरुले पुरानो घटना बताएका छन् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदा बेला नै यो घटना भएको बताइएपनि भारतीय सँचारमाध्यमले यो घटनालाई रेल्वेको क्लीप चोरी घटनासँग जोडेर प्रकाशित गरेको छ ।
रेल सम्झौता भएको कम्पनी इरकानलाई उदृत गर्दै भारतीय मिडिया दैनिक भास्करका अनुसार चोरले बेँचको टायल्ससम्म चोरी गरी लगेको हो । रेल्वे सँचालन नहुँदा विभिन्न ठाउँमा बनेको स्टेशन र हल्ट अझै पनि बेबारिसे अवस्थामा हुँदा चोरले मौकाको फाईदा उठाएको देखिएको छ ।
जयनगरदेखि २ किलोमिटरको दुरीमा रहेको नेपालको ईनरवा स्टेशन जहाँ रेल्वे पार्क गरि राखिएको छ । त्यहाँदेखि केही दुरीमै रहेको खजुरी स्टेशनमा समेत रेल्वे सिँगनलको समानहरु चोरी भएको उल्लेख गरिएपनि ईलाका प्रहरी कार्यालय खजुरीले सो ठाउँमा रेल्वे ट्रयाक बनाउने ठेकेदारको कडा पहरा भएको भन्दै त्यस्तो केही नभएको जानकारी दिएको छ ।
यसका साथै महिनाथपुर सहित अन्य स्टेशन र हल्टमा चोरले सिँग्नलको समानहरु चोरेको बताइएको छ । ठेकेदार कम्पनीका अनुसार, चोरले २० हजार भन्दा अधिक पटरीको क्लीप चोरी गरि लगिएको छ ।
रेल्वेको पटरी (लीक) मा लाग्ने ९०० ग्रामको एउटा क्लीपको मूल्य नेपाली १६० रुपैयाँको छ । रेल्वे लीक निर्माणको लागि भारतको इरकान कम्पनीले ठेक्का लिएको हो भने रेल्वे बनाउने ठेक्का लिएको कोकर्ण नामक कम्पनीले रेल्वे नेपाल सरकारलाई हस्तान्तरण समेत गरिदिएको छ ।
नेपालबाट रेल्वेको लागि कर्मचारी र निती नियम व्यवस्थापनको अभावमा ईनरबा स्टेशनमा रेल्वे थन्काएर राखिएको छ । यसअघि जयनगरदेखि कुर्थासम्म रेल्वेको एक पटक ट्राईल समेत गरिएको हो ।
रेल्वेको समान चोरीमा पक्राउ परे ५ सालको जेल
नेपाल रेल्वेको लागि इरकॉन र कोंकण कम्पनीले अहिले सकेसम्म देखभाल गरिरहेको छ । तर, चोरको आतंकले आजित भएका रेल्वे प्रशासनले चोर पक्रिए सजायको समेत व्यवस्था गरेको छ ।
चोरी गर्दागर्दै चोर पक्राउ परेको खण्डमा चोरलाई ५ वर्षको कैद (जेल) सजाय हुन सक्ने जनाइएको छ । अहिले रेल्वेको विभिन्न ठाउँमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले निगरानी राख्दै आएकोमा अब यस्ता घटनाहरुपछि सुरक्षा कडा पार्ने जनाइएको छ ।
परवाहा स्टेशनमा भएको भिषण चोरीपछि सो ठाउँमा पुनः निर्माणको कार्य सुरु गरिएको बताइएको छ । इरकॉन कम्पनीका जिएम रवि सहाय र कोंकणका अधिकारी एनके वर्माले परवाहा स्टेशनबाट चोरी भएको पँखा, ग्रीलमा क्षति, जाली झ्याल, टायल्स बाहेक अन्य समानहरु चोरी गरिएकोले पुनल्ः निर्माणको कार्य सुरु गरिएको हो ।
इरकॉन कम्पनीले नेपाल सरकारसँग मागे सहयोग
चोरले विभिन्न ठाउँमा नियमित रुपमा चोरी गर्न थालेपछि रेल्वे लिक बनाउने ठेक्का पाएको इरकौन कम्पनीले नेपाल सरकारसँग सहायता मागेको छ । कम्पनीले नेपाल सरकारलाई एक पत्र लेख्दै रेल्वेको सम्पति सुरक्षाको सुनिश्चितताको आग्रह गरेको भारतीय सँचारमाध्यम दैनिक भास्करमा समाचार प्रकाशित भएको छ ।
यद्यपी, यसबारे रेल्वेका महाप्रबन्धक गुरु भट्टराईसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने भएनन् । विभिन्न ठाउँमा भएको चोरी सहित परवाहा स्टेशनमा भएको चोरीको सन्दर्भमा प्रहरी समेत अनभिज्ञता जनाएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…