अफताबका भाइ 'महताब' लाई तत्काल जेलमै राखिने
२०६४ चैत २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तरसहित अन्य घाइतेहरुलाई जिउँदै इटा भट्टामा पोलेको आरोपमा रौतहट क्षेत्र नं। २ का सांसद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो ।

२०७७ मंसिर २८ आइतबार, बेलुकी ६:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको राजपुर बमकाण्ड र जिउँदै मान्छेलाई इट्टा भटटामा जलाएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पनि पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
२०६४ चैत २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विस्फोट परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।
उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको थियो । आलममाथि लगाइएका तीन मुद्दामा आइतबार नै थुनछेक बहस थियो ।
तत्काल प्रापत प्रमाणका आधारमा महताब आलम बेकसुर हुन भन्ने नदेखिएको हुनाले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो । अदालतको आदेशअनुसार महताबलाई आइतबार नै जिल्ला कारागार रौतहट चलान गरिएको छ ।
२०६४ चैत २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तरसहित अन्य घाइतेहरुलाई जिउँदै इटा भट्टामा पोलेको आरोपमा रौतहट क्षेत्र नं। २ का सांसद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो ।
उनलाई जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ मा उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो ।आलम नेपाली काङ्ग्रेसका प्रभावशाली नेता हुन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…