प्रदेश २ः घरै अगाडी राखिएको पिकअपमा आगजनी, परिवारमा रुवावासी
पिकअपमा कसले र किन आगजनी गरेको बारे खुल्न सकेको छैनन भने सप्तरी प्रहरीले सो घटनालाई तीव्र अनुसन्धानमा लगेको छ ।

२०७७ मंसिर २७ शनिबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । प्रदेश नम्बर २ को सप्तरीमा शनिबार राती एक पिकअप भ्यानमा आगजनी गरिएको छ ।
सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ गोरगमा बस्ने स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा अपरिचित ब्यक्तिहरुको एक समुहले आगजनी गरिदिँदा पिकअप भ्यान जलेर नष्ट भएको छ ।
आफ्नै घर अगाडी पार्क गरी राखेको भ्यानमा गएराती करिब १ः३० बजेतर्फ भ्यानमा आगजनी गरिदिएको पीडित मुखियालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनले आफ्नै घर अगाडि पार्क गरेको स. १ च १७२५ नम्बरको पिकअप भ्यानमा आगजनी गरिदिँदा २४ लाख रुपैयाँ बढीको क्षति भएको बताएको छ ।
रोकि राखिएको सो पिकअप भ्यानमा परालमा पेट्रोल छर्केर आगजनी गरेको पिडित मुखियाले बताएका छन । सो पिकअपमा आगजनी भएपछि स्थानियवासी ,प्रहरी तथा राजविराजबाट गएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पिकअपमा कसले र किन आगजनी गरेको बारे खुल्न सकेको छैनन भने सप्तरी प्रहरीले सो घटनालाई तीव्र अनुसन्धानमा लगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…