प्रदेश २ को लोकसेवा विज्ञापनको दस्तुर खारेज हुनुपर्छ : ई. कुशवाहा
उनले प्रदेश लोकसेवाको विज्ञापनमा १ लाख गरिब, बेरोजगार मधेशी जनताले फारम भरे पनि १४ करोड रुपैयाँ हुन आउने बताउँदै प्रदेश सरकारले सो दस्तुर खारेज गर्नुपर्ने माग गरेका हुन् ।

२०७७ मंसिर २६ शुक्रबार, बिहान ११:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को लोकसेवा आयोगले निकालेको लोकसेवा विज्ञापनको लागि तोकिएको दस्तुर खारेज हुनुपर्ने माग गरिएको छ ।
जनमत पार्टीका विदेश विभाग प्रमुख ईन्जिनीयर बसन्त कुशवाहाले प्रदेश २ को लोकसेवा आयोगले गरेको विज्ञापनमा प्रति दरखास्त १००० देखि १४०० सम्म दस्तुर लाग्ने तोकिएपछि सो दस्तुर खारेज हुनुपर्ने माग गरेका छन् ।
उनले प्रदेश लोकसेवाको विज्ञापनमा १ लाख गरिब, बेरोजगार मधेशी जनताले फारम भरे पनि १४ करोड रुपैयाँ हुन आउने बताउँदै प्रदेश सरकारले सो दस्तुर खारेज गर्नुपर्ने माग गरेका हुन् ।
उनले दरखास्त निःशुल्क हुनुपर्ने, अनलाईन आवेदनको व्यवस्था हुनुपर्ने, अनलाई आवेदन भरिसकेपछि ४८ घण्टाभित्र आवेदन स्वीकृत, अस्विकृत वा अधुरो भएको जानकारी आउनुपर्ने प्रणाली, लिखित परीक्षा हरेक जिल्लाको सदरमुकामबाट हुनुपर्ने, लिखित परीक्षाको कॉपी जाँच एउटा ठुलो हॉलमा एकै दिन हुनुपर्ने र यसको हरेक कुना देखिने गरि सिसिटिभी लाईभ हुनुपर्ने माग गरेका छन् ।
यसका साथै, परीक्षाको समाप्तीपछि लाईभ सेसन बन्द हुनुपर्ने, लिखित परीक्षामा सफल हरेक व्यक्तिको अन्तरवार्ता सेसनको सिसिटिभी लाईभ हुनुपर्ने माग गरेका छन् । लोकसेवामा पनि नातागोता, कृपावाद, नातावाद, राजनीतिक पार्टीको लगावले असल, होनहार र सबल उम्मेदवार आफ्नो हकबाट बञ्चित हुने अवस्था नहोस भन्दै पूर्ण स्वच्छ रुपमा लोकसेवा परीक्षा गराउन माग गरेको हो ।
उनले जनमत पार्टीको सरकार भए उच्च प्रणाली सहित पूर्ण स्वच्छ पद्धती लागू हुने जिकिर गरे । प्रदेश २ को लोकसेवा आयोगले विभिन्न ६ पदको लागि ३७ जना कर्मचारी माग गरेको हो । प्रदेश लोकसेवाले प्रथम पटक लोकसेवा विज्ञापन खुलाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…