प्रदेश २ मा अब कोई नागरिक भूमिहिन रहदैन : मन्त्री साह
पछिल्ला केन्द्र सरकारहरुले भूमिहिनको समस्यालाई बारम्बार उठाएको र आयोग गठन गरेपनि कुनै प्रतिफल आउन नसकेको जनाउँदै उनले प्रदेश २ सरकारले त्यस्ता नागरिकको लागि पहल थालेको बताए ।

२०७७ मंसिर २४ बुधबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रदेशभित्रका कोई नागरिक अब भूमिहिन नहुने बताएका छन् ।
बुधबार जनकपुरमा भूमि सम्बन्धि समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारी बीच हुने समझदारी पत्रमा हस्ताक्षर र अभिमुखिकरण कार्यक्रममा मन्त्री साहले प्रदेश भित्रका एउटा नै नागरिक अब भूमिहिन वा आवासहिन नरहने गरी गृहकार्य थालिएको बताए ।
पछिल्ला केन्द्र सरकारहरुले भूमिहिनको समस्यालाई बारम्बार उठाएको र आयोग गठन गरेपनि कुनै प्रतिफल आउन नसकेको जनाउँदै उनले प्रदेश २ सरकारले त्यस्ता नागरिकको लागि पहल थालेको बताए ।
प्रदेश सरकार उदेश्य सहितको आयोग गठन गरेको जनाउँदै उनले अधिकांश कार्यहरु राजनीतिका कारण पूरा हुन नसकेको आरोप लगाए । अहिलेको आयोग बिना राजनीतिमा बनाएको र पारदर्शी काम भइरहेको बताए । उनले आयोग मार्फत यस कार्यमा सफलता पाउने तर्फ विश्वास जनाए ।
भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर दुई र भूमि समन्धी समस्या समाधान आयोग काठमाडौ संयुक्त रूपमा आयोजना गरेको सो कार्यक्रममा पहिलो चरणमा २३ वटा पालिकामा यो कार्यक्रम ल्याएको र तिव्र रुपमा दोस्रो चरण पनि प्रदेश २ को सबै पालिकामा ल्याउने बताए ।
धनुषाको मिथिला बिहारी नगरपालिका, मुखियापटी मुसर्निया गाँउपालिका महोत्तरीको गौशाला नगरपालिका, वर्दिवास नगरपालिका सप्तरीको तिरहुत गाँउपालिका, कंचनरुप नगरपालिका ,सुरुग्ङा नगरपालिका , सप्तकोसी नगरपालिका सिरहाको धनगढी नगरपालिका र गोलबजार नगरपालिका सर्लाही का वाग्मती नगरपालिका ,इश्वर पुर नगरपालिका , बरथवा नगरपालिका ,चन्द्र्नगर गौपालिका,वाराको कोल्हबी नगरपालिका , कलैया माई नगरपालिका , जितपुर सिमरा उपमहानगरपालिका ,सुवर्ण गाँउपालिका र पर्साको पोखरिया नगरपालिका र ठोरी गाँउपालिका रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…