'सासु' भत्ताको माग गर्दै वृद्धहरु सडकमा
सासु भत्ता तुरन्त वितरण गर भ्रष्टाचारी बन्द गर लगायतका बिभिन्न नारा लेखिएको प्लेकार्ड बोकी सहभागि भएका बृद्ध बृद्धा तथा नेकपा सिम्रौनगढका नेता कार्यकर्ताहरुले कंकाली मन्दिरको प्राङ्गनबाट जुलुस नारा गर्दै निकालेको र्याली सिम्रौनगढ बजारको परिक्रमा गरि नगरपालिका कार्यालयको मुलगेटमा पुगी केहीबेर धर्ना बसी कोण सभामा परिणत भएको थियो ।

२०७७ मंसिर २४ बुधबार, बिहान १०:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको सिम्रौनगढ नगरपालिका जेष्ठ नागरिक,एकल महिला, बिधवा महिला लगायतको नागरिकले आफुहरुले पाउनु पर्ने समाजिक सुरक्षाको भत्ताको माग गर्दै सडकमा आएर आन्दोल गरेका छन् ।
हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वमा समेत बाराको सिम्रौनगढ नगरपालिका कार्यालयले समाजिक सुरक्षा भत्ता तथा बाल सुरक्षा भत्ता हाल सम्म वितरण गर्न सकेको छैन्न ।
समाजिक सुरक्षा भत्ता वितरण नगरेको बिरोधमा ने क पा सिम्रौनगढ नगर कमिटिको आयोजनामा बिरोध र्याली प्रर्दशनका साथै धर्ना र कोण सभा समेत गरेको छ ।
सासु भत्ता तुरन्त वितरण गर भ्रष्टाचारी बन्द गर लगायतका बिभिन्न नारा लेखिएको प्लेकार्ड बोकी सहभागि भएका बृद्ध बृद्धा तथा नेकपा सिम्रौनगढका नेता कार्यकर्ताहरुले कंकाली मन्दिरको प्राङ्गनबाट जुलुस नारा गर्दै निकालेको र्याली सिम्रौनगढ बजारको परिक्रमा गरि नगरपालिका कार्यालयको मुलगेटमा पुगी केहीबेर धर्ना बसी कोण सभामा परिणत भएको थियो ।
ने क पा सिम्रौनगढका नगर अध्यक्ष श्यामकिशोर यादवको अध्यक्षतामा भएको सो कोण सभामा बतहु यादव, शेख मोतिम,रामदिनेश यादव,महेन्द्र जयसवाल, साह,रमेश पासवान, जयप्रकाश साह लगायतका नेताकार्यकर्ताहरुले पर्व त्यवहारको समयमा वितरण भई सक्नु पर्ने समाजिक सुरक्षार बाल सुरक्षको रकम हाल सम्म जेष्ट नागरिक,एकल महिला,बिधवा महिला, अपाङ्ग बृद्ध बृद्धा र बालबालिका बितरण नगर्नु नगरपालिको लचारीपन,वा गैर जिम्मेवार रहेको बक्ताहरुले बताएका छन् ।
संघिय सरकारले दिएको रकम नगरपालिकले बितरण नगरेकोमा खेद प्रकट गर्दै स्थानिय सरकारले आफनो रबैया सुधार गरि तत्काल समाजिक सुरक्षा भता वितरण गर्नु पर्नेमा जोड दिएको थियो । उक्त कोण सभालाई नेकपा सिम्रौनगढका सचिव गगनदेव कुशवाहाले संचालन गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…