रड प्रहारले मृत्यूको मुखबाट बचेका महरालाई युवाहरुको सहयोग
सुरेश कुमार यादवको नेतृत्वमा रा.रा.त.ज.ब क्याम्पसका सम्पुर्ण शिक्षक र बिद्यार्थी द्धारा रु, १५,०००, काठमाडौ बासी जितेन्द्र यादव रु, १०,०००, चोहर्वा निवासी हरिदेब महरा (हाल बिदेशमा) कार्यरत रु, ५१५१ सहयोग गरेको हो ।

२०७७ मंसिर २० शनिबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरापालिका वडा नं. ५ हवेली टोल निपानेमा रड प्रहार गरी गम्भिर घाईते बनाएका स्थानीय राम उदगार महरालाई आर्थिक र खाद्यान्न सहयोग गरिएको छ ।
दुई पक्षबीच बिवाद हुँदा गत असोज १५ गते बिहिबार बेलुकी करिब ७ बजेको समयमा उनलाई खुकुरी, रड, बाँसको भाट्टा प्रहारबाट गम्भिर घाईते बनेका महरालाई युवाहरुले केही रकम र खाद्यान्न सहयोग गरेको हो ।
न्यूज ब्यूरोका सिरहा सँवाददाता सबिन यादवले पीडित महराको बारेमा समाचार तथा भिडियो सार्वजनिक गरेपछि सहयोगी हातहरुले उनलाई सहयोगको लागि अग्रसर भएका हुन् ।
टाउकोमा गम्भिर चोट लागेका महरालाई थप उपचारको लागि विराटनगर स्थित एक हस्पिटलमा लगेको थियो । मध्यम वर्गीय महरा परिवारले उनको उपचारको लागि लाखौं रुपैयाँ खर्च गरेपनि ज्यान मात्र बचेको बताउँछन् ।

घाइते महराका ठुला दाइ राम कुमारका अनुसार, उनिहरुको ज्यान मार्ने नै योजना थियो । बेलामा आफूलाई खवर आएपछि ज्यान जोगाउन सफल भइयो तर, अवस्था जटिल बन्न पुगेको दुःखेसो सुनाए ।
विराटनगरको महँगो उपचार खर्चमा पेलिएका महरा परिवारले उनलाई ज्यान बचाएपनि उनको अवस्था भने अझै समान्य हुन सकेको छैनन् । घाइते राम उदगार महराको उपचार खर्चमा आर्थिक समस्या भएपछि न्यूज ब्यूरोका सिरहा सहकर्मी सबिन यादवले सहयोगको अपिल गरेपछि उनलाई सहयोगी हातहरुले सहयोग थालेका छन् ।
सहयोगी राजेश यादव लगायत सुरेश कुमार यादवको विशेष पहलमा चामल १ कुइन्टल , दाल ७ किलो, नुन ५ किलो, खानेतेल ५ लिटर र मसलाहरु सहयोग गरेको हो ।
सुरेश कुमार यादवको नेतृत्वमा रा.रा.त.ज.ब क्याम्पसका सम्पुर्ण शिक्षक र बिद्यार्थी द्धारा रु, १५,०००, काठमाडौ बासी जितेन्द्र यादव रु, १०,०००, चोहर्वा निवासी हरिदेब महरा (हाल बिदेशमा) कार्यरत रु, ५१५१ सहयोग गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…