पोखरीमा डुबेर बालकको मृत्यु
स्थानीयको अनुसार आहिले पोखरीलाई गहिरो बनाउने काम चल्दै छ। जे सी बिले पोखरी गहिरो गरिरहेकोले आहिले कतै धेरै खाल्डो कतै कमै खाल्डो भएको छ।

२०७७ मंसिर १९ शुक्रबार, बेलुकी ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ बर्हम्पुरमा एक बालकको शव मृतावस्थामा फेला परेको छ ।
घरबाट दिउँसो करिब १ बजेदेखि हराइरहेका कमल नरायण मण्डलको छोरा ६ वर्षीय दीपक मण्डलको शव शुक्रबार बेलुका गाउँदेखि करिव ५ सय मिटरको दुरीमा रहेको पोखरीमा भेटिएको हो ।
स्थानीयको अनुसार आहिले पोखरीलाई गहिरो बनाउने काम चल्दै छ। जे सी बिले पोखरी गहिरो गरिरहेकोले आहिले कतै धेरै खाल्डो कतै कमै खाल्डो भएको छ।
उनी नुहाउन पोखरीमा पसेको हुनसक्ने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…