प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतको फेसबूक पेज ह्याक
यद्यपी, पेज फिर्ता ल्याउने प्रयास जारी रहेको बताईएको छ ।

२०७७ मंसिर १९ शुक्रबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउतको अधिकारिक फेसबुक पेज ह्याक भएको छ ।
CM Lalbabu Raut नामक फेसबूक पेजबाट मुख्यमन्त्री राउतको दैनिक रुपमा सार्वजनिक गतिविधिहरु पोष्ट हुँदै आएकोमा आज विहान बिदेशी ह्याकरले आफ्नो नियन्त्रणमा लिएको हो ।
ह्याकरले राउतको पेजमा एक जापानी मूलकी नागरिक जस्तै देखिने महिलाको फोटो प्रोफाईलमा राखेको देखिएको छ । यसका साथै मुख्यमन्त्री सँचार सचिवालय प्रदेश नं. २ नामक पेज पनि ह्याक भएको छ ।

सो पेजमा मुख्यमन्त्रीको गतिविधिहरु अपडेट हुँदै आएकोमा जापानी वा चाईनीज भाषामा नाम परिवर्तन गरिएको देखिएको छ । फेसबुक पेज ह्याक भएपछि मुख्यमन्त्रीका सँचार सचिवालयले ह्याक भएको अधिकारीक जानकारी दिँदै केही अन्य समाग्री पोष्ट हुन गएमा अन्यथा नलिन आग्रह गरेको हो ।
यद्यपी, पेज फिर्ता ल्याउने प्रयास जारी रहेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…