प्रहरी कार्यालय अगाडी व्यापारीहरुको प्रदर्शन
पसलमा रहेका बहुमुल्य सामाग्री सहित नगद चोरिएको सो बारे बिस्तृत विवरण आउन बाकी रहेको सइ बस्नेतले बताएका छन् ।

२०७७ मंसिर १८ बिहीबार, बिहान १०:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको दुर्गाभगवती गङ्गा पिपरा स्थित पसलहरुमा चोरी भएपछि स्थानीय व्यापारीहरु प्रदर्शन गरेका छन् ।
मङलबार राती पिपरा बजारको इलाका प्रहरी कार्यलय गंगा पिपराको आगाडी अवस्थित गंगा इंटरप्रिजस, धर्मेन्द्र मोबाइल पसल, मोहन कवाड़ गरि ३ पसलमा चोरी भएको स्थानीय पवन राज गुप्ताले जानकारी दिएका छन् ।
जनतालाइ धनको सुरक्षाको प्रत्याभुती दिन नसकेको भन्दै स्थानीय ब्यापारीहरु द्वारा तयार बालेर प्रदर्शन गरिएको छ। घटना बारे गम्भीर रुपमा छानबिन गरिरहेको इलाका प्रहरी कार्यालयको सइ राजेश बस्नेतले बताएका छन् ।
पसलमा रहेका बहुमुल्य सामाग्री सहित नगद चोरिएको सो बारे बिस्तृत विवरण आउन बाकी रहेको सइ बस्नेतले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…