सिरहाको गोलबजारस्थित कपडा पसलमा आगलगी हुँदा लाखौंको कपडा ध्वस्त
आगलगीबाट कुनै मानवीय क्षति भएको छैनन भने आगो कसरी लागेको बारे अझै खुल्न सकेको छैनन् ।

२०७७ मंसिर १६ मंगलबार, बिहान ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मुख्य बजार मानिने गोलबजार स्थित कपडा पसलमा आगो लाग्दा २ पसल जलेर ध्वस्त भएको छ भने लाखौंको सम्पति नष्ट भएको छ ।
गोलबजार स्थित रहेको कँचन वस्त्रालयमा आगो लाग्दा अन्य थप एक कपडा पसलमा सल्केको प्रहरीले जनाएको छ । सोमबार साँझ अचानक आगलगी हुँदा कपडा पसलमा भएको लाखौंंको कपडाहरु समते जलेर ध्वस्त भएको हो ।
स्थानीय व्यसायी लालवाबु साहको कँचन वस्त्रालयसहित किसन ट्रेडर्स एण्ड सप्लाएसमा समेत आगलगी हुँदा लाखौंको सम्पति जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । सोमबार राती भएको आगलागीको कारण लाखौ मूल्यको कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
कपडा पसलमा लागेको आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र गोलबजार, मिर्चैया र लहानबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । आगलगीबाट कुनै मानवीय क्षति भएको छैनन भने आगो कसरी लागेको बारे अझै खुल्न सकेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…