कमला नदीको छर्की (बाँध) मा कालोपत्रे गर्न पहल गर्छु : मन्त्री यादव
कमला भेगमा रहेको कमला बाधलाई कालोपत्र गराउने पहल आगाडी बढ्को उनले बताए । कमला बचाउ अभियान राष्ट्रिय अभियान मात्र नरहेर अन्तर्राष्ट्रिय अभियानको रुपमा चिनिएको उनले थपे ।

२०७७ मंसिर १४ आइतबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले कमला नदीको छर्की (बाँध) मा कालोपत्रेको लागि पहल थाल्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
पर्यावरण जोगाउने अभिप्राय सहित सुरु गरिएको कमला बचाउ अभियानको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रमुख आतिथ्यको आसनबाट बोल्दै मन्त्री यादवले कमला नदीको बाँधमा कालोपत्रे (पिच) बनाउनको लागि प्रदेश सरकारसँग पहल गर्ने बताए ।
सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको दोस्रो वार्षिकोत्सव समारोहमा मन्त्री यादवले कमला बचाउ अभियान एउटा राम्रो अभियानको रुपमा परिचित भएको भन्दै सराहना गरे ।
“यो अभियानलाई सबैले आ–आफ्नो तवरले आगाडी बढ्न आग्रह गर्दछु । कमला भन्दा पनि चुरिया बचाउ अभियानमा हामी सबैले लागे कमला बाट स्वम बच्ने छ ।” उनले भने ।
कमला भेगमा रहेको कमला बाधलाई कालोपत्र गराउने पहल आगाडी बढ्को उनले बताए । कमला बचाउ अभियान राष्ट्रिय अभियान मात्र नरहेर अन्तर्राष्ट्रिय अभियानको रुपमा चिनिएको उनले थपे ।
कमला बचाउ अभियान सफलतापूर्वक कमला नदीको अस्तित्व जोगाउन तथा आसपासको मानववस्ती जोगाउने प्रयास स्वरुप विगत दुई बर्षदेखि निन्तर सँचालनमा रहेको छ भने सयौं सदस्यहरु सक्रिय रुपमा अभियानमा सँलग्न छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…