जनकपुरः भतिजले गरे आफ्नै काकाको हत्या !
प्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी

२०७७ मंसिर १२ शुक्रबार, बिहान ९:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लामा भतिजोले कुटपिट गरी आफ्नै काकाको हत्या गरेको छ ।
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा (बिहिबार) गएराति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको हो । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।
बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएकामा उनको गएराति मृत्यु भएको प्रहरी उपरीक्षक केसीले बताए ।
प्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…