बाल विवाह र कानूनी पहिचान सम्बन्धी नगर युवा संजाल गठन
संजालको अगामी बैठकबाट आचार संहिता, कार्य योजना बनाउने र आवश्यकता अनुसार विषयगत समितिहरु निर्माण गरि अगाडी बढने नव युवा महासचिव विनोद महराले बताएका छन् ।

२०७७ मंसिर ११ बिहीबार, राति ८:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । बाल विवाह र कानूनी पहिचान सम्बन्धी युवाहरु संवाद कार्यक्रम मार्फत नगरस्तरीय युवा संजाल गठन गरिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सेफ नेपालको आयोजनामा २९ औ अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिवसीय अभियानको अवसरमा बाल विवाह र कानूनी पहिचान विषयक युवाहरुसँगको अन्तर संवाद कार्यक्रममा नगरका युवा क्लव र समाजिक संस्थाहरुको संयुक्त उपस्थितिमा नगर युवा संजालको गठन गरिएको हो ।
रमेशलाल यादवको नेतृत्वमा ३१ सदस्यीय नगर युवा संजाल गठन गरिएको छ । कार्यक्रममा आयोजक संस्था सेफ नेपालका अध्यक्ष रामप्रमेश मण्डलले बाल विवाह र कानूनी पहिचान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नगरमा देखिएका विभिन्न समस्याहरुको विरुद्ध युवा एकजुट भएका छन् । बाल विवाह, महिला हिँसा, मानवअधिकार हन्न, युवाको समग्र विकास, युवाहरुको नेतृत्व तथा क्षमता विकास, रोजगारी, उधमशिलताको अभाव, खेलकुद, स्थानीय युवा नीति, स्थानीय सरकारको युवा लक्षीत बजेट तथा कार्यक्रम लगायतका विषयमा सम्पुर्ण क्लव तथा समाजिक संस्थाहरुको साझा संस्थाको रुपमा नगर स्तरीय युवा संजालले पहल गरिने गरि निर्णय गरिएको छ ।
अध्यक्षमा रमेशलाल यादव, बरिष्ट उपाध्यक्ष अशोक अधिकारी, दोश्रो बरियताको उपाध्यक्ष रामबाबु यादव, महिला उपाध्यक्ष निलम यादव, महासचिव विनोद महरा, सचिवमा रामभगत राउत, कोषाध्यक्षमा उर्मिला पासवान र अन्य २४ जना विभिन्न क्लव तथा समाजिक संस्थाका प्रतिनिधिहरु सदस्यको रुपमा छनौट भएका छन् ।
संजालमा देहाय क्लव तथा सामाजिक संस्थाहरु संजालका सदस्यको रुपमा रहेका छन् । मिसन युवा क्लव, सुनौलो गोल्डेन युवा क्लव, सिआइसी, सेफ नेपाल, नाइस युवा क्लव, जय माँ दुर्गा बचत तथा सहकारी, समाज कल्याण युवा समिति, उदबोधन युवा क्लव, जगंली टाइगर युवा क्लव, आशमान नेपाल, संकल्प फाण्डेशन, मित्र धनुषा, नव दुर्गा युवा क्लव, न्यु मनकामना युवा क्लव, भरतपुर युवा क्लव, संयुक्त युवा परिवार, सृजनशिल युवा परिवार, चारनाथ युवा क्लव, राधा कृष्ण युवा क्वल, माँ लक्ष्मी युवा क्लव, लखनपुर समाज विकास क्लव, सामुदायि समाज विकास, बुद्ध युवा क्लव, जनचेतना युवा क्लव, साथै बुद्धीजिवी युवाहरुलाइ पनि संजालमा सदस्यता प्रदान गरेका छन् ।
संजालको अगामी बैठकबाट आचार संहिता, कार्य योजना बनाउने र आवश्यकता अनुसार विषयगत समितिहरु निर्माण गरि अगाडी बढने नव युवा महासचिव विनोद महराले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…