बर्दिवास तनावग्रस्त, सवारी साधन ठप्प !
शवलाई पोस्टमार्टम लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र रिपोर्ट प्राप्त भएपछि थप केही भन्न सकिने

२०७७ मंसिर ९ मंगलबार, बिहान १०:०७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । प्रदेश नम्बर २ को महोत्तरी बर्दिवास अहिले तनावग्रस्त बनेको छ । ६ बर्षिय बालिका हत्याको विरोधमा बर्दिवासको अवस्था बिहानैदेखि तनावग्रस्त बनेको हो ।
बर्दिबास नगरपालिका स्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरी स्थानीयहरु प्रदर्शन गरिरहेका छन्। बर्दिवास नगरपालिका १४ बस्ने ६ वर्षीय एक बालिकाको हत्याको बिरोध गर्दै स्थानीयहरूले राजमार्ग अवरुद्ध गरेका हुन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ ।
बालिकाको हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयहरु तातिएका छन् । स्थानीरुले आरोपितको घरमा तोडफोड गरेको छ ।
गत आईतबार बर्दिवास १४ बाट हराएकी बालिकाको शव बोरामा बाँधेर फालिएको अवस्थामा भेटिएको थियो । घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयहरुले बताएका छन् ।
महोत्तरीको बर्दिवासमा बालिका हत्या विरोधमा राजमार्गमा प्रदर्शन गर्दै स्थानीय शवलाई पोस्टमार्टम लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र रिपोर्ट प्राप्त भएपछि थप केही भन्न सकिने इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताए ।
गत आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको लास बोरामा फालिएको अवस्थामा झाडीमा सोमबार मध्यरातमा फेला परेको थियो ।
बर्दिबास—१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको थियो ।
हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले गौशाला— ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको डीएसपी चपागाईले बताए। उनका अनुसार ति युवकले आरोप स्वीकार समेत गरेका छन्।
पूर्व—पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाटै नव क्षितिज क्यामस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन्। आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बलिकालाई अपहरण गरेर घरमा लुकाएका थिए।
प्रहरीका अनुसार आइतबार साँझ बालिकाको बलात्कारपछि हत्या गरेर आरोपी साहले बर्दिबास स्थित किराना पसल नजिकैको झाडीमा फालेर सोमबार दिनभरी पसल खोलेका थिए।
सोमबार साँझ मदिरा खाएर गौशाला स्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए। त्यपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको त्यहाँका इन्स्पेक्टर प्रकाश रेग्मीले बताए।
गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई आरोपी प्रहरी नियन्त्रणमा रहेको खवर गरेका थिए। सोमबार राति १२ बजे बर्दिबासका डीएसपी चापागाईंले ती युवकलाई लिएर शव लुकाएको स्थानमा पुग्न सफल भएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…