नेता साहको उदाहरणीय कार्य, जन्मदिनमा गाउँका जेष्ठ नागरिकलाई सम्मान
धनुषाको विदेह नगरपालिकाको ठाढी बस्ने (हाल जनकपुर) बस्ने नेता साहले समाजप्रतिको जिम्मेवारी समेत बोध भएको भन्दै जेष्ठ नागरिकलाई सम्मान गरेको बताए । “नेता साहले सम्मान गर्नु सामाजिक दायित्व छ, गाउँका बाआमाहरुलाई सम्मान गरेर गौरवान्वित महसुस गरेको छु , उहाँहरुले पाउनुपर्ने सम्मानको अहिले खाँचो छ, जन्मदिनमा मोटो रकमको भोजभत्तेर गर्नुभन्दा मेरा जन्म देखेका हाम्रा जेष्ठहरुको सम्मान मेरो लागि धर्म हुन्छ ।”– उनले भने ।

२०७७ मंसिर ६ शनिबार, बेलुकी ७:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सँजय कुमार साहले आफ्नो जन्मदिनमा समाजिक एवम् उदाहरणीय कार्य गरेका छन् ।
नेपाल केन्द्रीय मत्स्य सहकारी सँघका केन्द्रीय उपाध्यक्ष समेत रहेका नेता साहले आफ्नो ४७ औं जन्मदिनको अवसर पारेर आफ्नै गाउँका अगुवा, समाजसेवामा योग्दान दिएका करिब डेढ दर्जन जेष्ठ नागरिकहरुलाई सम्मान गरी उदाहरण प्रस्तुत गरेका छन् ।
धनुषाको विदेह नगरपालिकाको ठाढी बस्ने (हाल जनकपुर) बस्ने नेता साहले समाजप्रतिको जिम्मेवारी समेत बोध भएको भन्दै जेष्ठ नागरिकलाई सम्मान गरेको बताए । “नेता साहले सम्मान गर्नु सामाजिक दायित्व छ, गाउँका बाआमाहरुलाई सम्मान गरेर गौरवान्वित महसुस गरेको छु , उहाँहरुले पाउनुपर्ने सम्मानको अहिले खाँचो छ, जन्मदिनमा मोटो रकमको भोजभत्तेर गर्नुभन्दा मेरा जन्म देखेका हाम्रा जेष्ठहरुको सम्मान मेरो लागि धर्म हुन्छ ।”– उनले भने ।
एक कार्यक्रमको आयोजना गरी स्थानीय १ सय ३ बर्षकी जानकी देवी दास, १०१ बर्षकी जिबसी खातुन, बर्ष ९६ का ठाकुरचन्द्र साह, भूपू वडाध्यक्ष राजेन्द्र महारान, भूपू गाविस अध्यक्ष योगेन्द्र पाण्डे सहित ज्ञाने पासवान , बौहला दास, चुलहाई मिश्र सहित १५ जना जेष्ठ नागरिक लाई सम्मान गरिएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…