बिदेशमा गैर-आवासीय मधेशी सँघले ३० लाख खर्चेर बचाए महराको ज्यान, सकुशल फर्के नेपाल
स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई तत्काले एयरपोर्टबाटै दुबईको नजिकको अस्पतालमा पुरयाएर उपचार सुरु गरिएको थियो ।

२०७७ मंसिर ५ शुक्रबार, बिहान ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषा निवासी रामचन्द्र महरालाई गैर-आवासीय मधेशी सँघ (NRMA) ले करिब ३० लाख रुपैयाँ खर्चेर सकुशल नेपाल फर्काउन सफल भएको छ ।
धनुषाको धनुषाधम नगरपालिका वडा नं. ३ सरसा रमपुरा बस्ने बर्ष ४५ का रामचन्द्र महरा प्लेन चढन लाग्दा दुबई एयरपोर्टमै बेहोस भएपछि उनलाई तत्कालै सँघले उद्धार गर्दै अस्पताल भर्ना गरेको थियो ।
गत ३ अगस्तमा नेपाल एयरलाईन्स मार्फत नेपाल आइरहेको बेला शारिरिक अस्वस्थ्याका कारण नेपाल आउन नसकेका महरालाई अन्ततः गैर अवासीय मधेशी सँघले सकुशल नेपाल फर्काउन सफल भएको गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय समिति अध्यक्ष एवम् जनमत पार्टीका विदेश विभाग प्रमुख ई. बसन्त कुशवाहाले जानकारी दिए ।
उनको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई तत्काले एयरपोर्टबाटै दुबईको नजिकको अस्पतालमा पुरयाएर उपचार सुरु गरिएको थियो ।
दुबईको अस्पतालमा महराको उपचार गराई सम्पूर्ण प्रक्रियामा समन्वय गरी बुधबार नेपाल पठाएको कुशवाहाले जानकारी दिए । उनको उपचारमा करिब २६ लाख नेपाली (८२,५०० दिर्हाम) र अन्य खर्चमा करिब करिब ४ लाख नेपाली (१२,७०० दिर्हाम) रुपैयाँ खर्च भएको बताईएको छ ।
सबै खर्च युएईको सरकार र गैर आवासीय मधेशी सँघटीमको सहयोगमा ब्यवस्थापन गरिएको अध्यक्ष कुशवाहाले जानकारी दिए । उनको सहयोगको लागि सुरु देखि सहयोग र समन्वय गर्ने आवासीय मधेशी संघ यूएई, दुबईका उपाध्यक्ष जगनारायण मण्डल सहित टीमका सम्पूर्ण स्वराजीहरुलाई अध्यक्ष कुशवाहाले धन्यवाद ज्ञापन गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…