मन्दिर बनाउन जग्गा दिएको भन्दै समाजसेवी चौधरीलाई सम्मान
चित्रगुप्त सन्तति सेवा समिति महेन्द्रनगरमा चित्रगुप्त पुजनोत्सव कार्यक्रम प्रत्येक वर्ष मनाउदै आएको छ । निरन्तर मनाउने तथा रमापती चौधरी मन्दिर स्थापना गर्न जमिन दिएर सहयोग गरेको भन्दै सम्मान गरिएको समिति निवर्तमान अध्यक्ष जयशंकर लाल कर्णले बताए ।

२०७७ मंसिर २ मंगलबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक समाजसेवीले मन्दिर बनाउन जग्गा दान गरेपछि एक कार्यक्रमबीच सम्मान गरिएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर निवासी रमापती चौधरी विभिन्न समयमा समाजिक काम गर्दै आएको भन्दै सम्मान गरिएको हो । शिक्षा पेशामा निरन्तर लागेर जिवनयापन गरेका चौधरीलाई जग्गा दान दिएको भन्दै सम्मान गरिएको हो ।
चित्रगुप्त सन्तति सेवा समितिको वर्तमान अध्यक्ष श्रीनारायण लाल कर्ण ,निवर्तमान अध्यक्ष जय शंकरलाल कर्णद्वारा कायस्त परिवार मुर्धन्य बिद्वान तथा समजसेवी रमापति चौधरिलाई कदर पत्र सहित सम्मान गरिएको हो ।
चित्रगुप्त सन्तति सेवा समिति महेन्द्रनगरमा चित्रगुप्त पुजनोत्सव कार्यक्रम प्रत्येक वर्ष मनाउदै आएको छ । निरन्तर मनाउने तथा रमापती चौधरी मन्दिर स्थापना गर्न जमिन दिएर सहयोग गरेको भन्दै सम्मान गरिएको समिति निवर्तमान अध्यक्ष जयशंकर लाल कर्णले बताए ।
सम्मानित हुँदै चौधरी आफ्नो जिवनभरी सकारात्मक सोच राखी समाजसेवा,शिक्षा लगायत अन्य कामहरु गरेको बताउँदै भोलिको दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…