जनकपुरमा श्रीमानले गरे श्रीमतिमाथि एसिड प्रहार !
नमुटावपछि आरती जनकपुरको पेठिया बजारमा तरकारीको व्यापार गर्दै जीवीका चलाउँदै आएकी थिईन् ।

२०७७ कार्तिक २९ शनिबार, दिउँसो १२:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा एक महिलामाथि एसिड प्रहार गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठा बस्ने बर्ष २७ का सँजीव साहले आफ्नै श्रीमति आरती साह उपर एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी मकेन्द्र मिश्रका अनुसार, आरतीसँग मनमुटाव भएको भन्दै शनिबार दिपावलीकै दिन बिहान करिब ९ः३० बजे आरतीमाथि एसिड प्रहार गरेको हो । अहिले सँजीवलाई उनकै घरबाट पक्राउ गरी अनुसन्धान थालिएको हो ।
दुवै जनाबीच मनमुटावका कारण उपमहानगरपालिका वडा नं. ७ जानकी नगरमा घरमै बसिरहेकी २६ वर्षीया आरतीमाथि एसिड प्रहार गरी भागेको स्थानीयहरुलाई उदृत गर्दै प्रहरीले जनाएको छ । स्थानीयहरुले सँजीव नै एसिड प्रहार गरेको भनेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको बताईएको छ ।
तीनवर्ष अघि बैवाहिक बन्धनमा बाँधिएको दुवै जनाबीच विवाहको केही दिनपछि मनमुटाव सुरु भएको बताईन्छ । मनमुटावपछि आरती जनकपुरको पेठिया बजारमा तरकारीको व्यापार गर्दै जीवीका चलाउँदै आएकी थिईन् ।
एसिड प्रहारबाट आरतीको निधार र छातीको केहि भाग जलेको छ । उनको उपचार पेठिया बजार नकिजै रहेको जानकी हेल्थकेयरमा भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…