नन्दु मण्डलको परिवारलाई दिवाली र छठ मनाउन सबै समान सहित ४१ हजार रुपैयाँ सहयोग
नन्दु मण्डल परिवार बचाउ अभियानका अभियानीहरुको रोहबरमा सबै समाग्री तथा रकम हस्तान्तरण

२०७७ कार्तिक २८ शुक्रबार, दिउँसो ३:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत असोज १२ गते पुलबाट लडेर अकालमै ज्यान गुमाएका धनुषा कमला नगरपालिका वडा नं. २ बिजुलिया टोलका नन्दु मण्डलको परिवारलाई चाडपर्व मनाउन सबै समाग्री सहित आर्थिक सहयोग गरिएको छ ।
कमला नगरपालिका वडा नं. २ बिजुलीया बस्ने मृतक मण्डलको परिवारलाई दिपावली र छठ मनाउने समाग्री, खाद्यान्न समाग्री सहित ४१ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । कमला युवा सँजालको पहलमा सो वैदेशिक रोजगारीमा रहेका युवाहरुले सहयोग पठाएको सँजालका अगुवा एवम् अभियन्ता बिमलेश अधिकारी (यादव) ले जानकारी दिए ।
५ वटा छोरी रहेको नन्दु परिवारको आर्थिक अवस्था र परिवारिक अवस्था दयनीय भएको अवस्थामा बिजुलीया गाउँवासी सहित कमला युवा सँजालका पदाधिकारी, सदस्यहरुले सक्रिय रुपमा उनको परिवारलाई सहयोग गर्दै आएको छ ।
सोही क्रममा दिपावली र छठलाई मध्यनजर गर्दै मिठाई, लक्ष्मीपूजनको लागि तस्विर, बालबच्चाहरुको सबैको लागि नयाँ कपडा, च्यूरा, मुरही, चामल, आलु, दाल, चाउचाउ, मसाला, मच्छरदानी, तेल, साबुन, सुजी, पापड, तिलौडी, बेशन लगायतका घरायसी प्रयोजनका समानहरु प्रदान गरेका छन् ।

कमला नगरपालिका वडा नं. ३ बस्ने नारायण भण्डारी, वडा नं. २ तेलियाहा बस्ने तथा हाल कतार बस्ने दिलीप मण्डल, श्रीप्रसाद मण्डल, फुलचन मण्डल, गणेश मण्डल, मंजय यादब, बिमलेस यादब, शम्भु ठाकुर , संतोस कुमार मरिक लगायतका युवाहरुले ४१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरिएको हो ।
स्थानीय भद्रभलादमी, सँचारकर्मी, अधिकारकर्मी, गाउँले तथा नन्दु मण्डल परिवार बचाउ अभियानका अभियानीहरुको रोहबरमा सबै समाग्री तथा रकम हस्तान्तरण गरिएको थियो ।
सो क्रममा उनको बालबालिकाहरुको अध्ययन अध्ययापनको लागि लगमा बजार स्थित रहेको एक बोर्डिङग स्कूलमा निःशुल्क शिक्षाको व्यवस्था समेत गरिएको विद्यालयका प्रिन्सीपल सिरी मुखियाले बताए ।
प्रदान गरिएको रकम सहित अन्य ठाउँबाट सहयोग वापत मगाइने राहत रकमको लागि बैंकमा सँयुक्त खाता खोलेर जम्मा गरिदिने कमला युवा सँजालका अगुवा बिमलेश यादवले बताए । यसअघि पनि उनीहरुले निरन्तर सहयोग गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…