नेपाल-भारत बोर्डर आजदेखि सँचालनमा
सीमासँग जोडिएका जिल्लाहरुको सीमानाका पूर्ण रुपेन बन्द गरिएकामा नेपाल भारत आवतजावत शुरु भएको

२०७७ कार्तिक २३ आइतबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारत बोर्डर (सीमा) आजदेखि सँचालनमा आएको छ । भारतको बिहार राज्यमा चुनावलाई लिएर सील गरिएको नाकाहरु आजदेखि सँचालनमा आएको हो ।
भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको धनुषा सहित अन्य जिल्लाको सीमानाकाहरु आईतबारदेखि पुनः सञ्चालनमा आएका छन् ।
कोरोनाभाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरु बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन रहेकामा विहारमा भएको विभिन्न चरणको चुनावमा पटकपटक सामान्य आवतजावत पनि बन्द गरिएको थियो ।
पछिल्लोपटक शनिबार सम्पन्न अन्तिम चरणको चुनावको बेला धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सप्तरी, पर्सा लगायत अन्य सीमासँग जोडिएका जिल्लाहरुको सीमानाका पूर्ण रुपेन बन्द गरिएकामा नेपाल भारत आवतजावत शुरु भएको हो ।
खुल्ला सीमानाका कारण वन तथा अन्य स्थानमा समेत भारतीय सुरक्षाकर्मीले कडा निगरानी बढाएपछि ठप्प रहेको आवतजावत शनिबार सम्पन्न अन्तिम चरणको चुनावपश्चात् पुनः सञ्चालन भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…