सत्यको लागि जनताले आवाज उठाउनुपर्छ : युवा नेता झा
गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार समेत रहेका झाले अन्याय र असत्यको विरुद्ध आवाज उठाउन सक्नु नै असलमा दिपावली मनाउनु रहेको बताए । धनौजी गाउँपालिका वडा नं. १ का जसपा युवा सँघका अध्यक्ष राजकुमार मण्डलको अध्यक्षता तथा नेता श्याम कुमार मिश्रको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

२०७७ कार्तिक २२ शनिबार, बेलुकी ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । जनता समाजवादी पार्टी नेपालका युवा नेता जीबेन्द्र झाले सत्यको लागि सधै जनताले आवाज उठाउनुपर्ने बताएका छन् ।
जसपा धनुषाको लखौरीद्धारा आयोजित दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता झाले जनप्रतिनीधिले गर्ने गरेको जन भावना विपरितका कार्यहरुमा आवाज उठाउनु जरुरी रहेको बताए ।
गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार समेत रहेका झाले अन्याय र असत्यको विरुद्ध आवाज उठाउन सक्नु नै असलमा दिपावली मनाउनु रहेको बताए । धनौजी गाउँपालिका वडा नं. १ का जसपा युवा सँघका अध्यक्ष राजकुमार मण्डलको अध्यक्षता तथा नेता श्याम कुमार मिश्रको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको बिशेष अतिथिमा रमन कुमार सिँह ,धनौजी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष श्याम किशोर साह, जसपाका विद्यार्थी नेता रोशन मिश्र लगायतको विशेष उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…