धनुषाको खजुरीमा जनावरले खाएको अवस्थामा महिलाको लास
महिलाको दाहिने खुट्टा भने जनावरहरुले खाएको तथा अनुहारमा किरा परेको

२०७७ कार्तिक २१ शुक्रबार, राति ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको खजुरीमा शुक्रबार एक महिलाको लास फेला परेको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरी स्थित रहेको मावि खजुरी चन्हाको पश्चिम पट्टि धान खेतमा महिला मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक एवम ईन्चार्ज हृयेन्द्र रोकायाका अनुसार, शुक्रबार स्थानीय गर्भु दासको धानखेतमा सो महिला मृत अवस्थामा फेला परेको हो । अझै सनाखत हुन नसकेको महिलाको दाहिने खुट्टा भने जनावरहरुले खाएको तथा अनुहारमा किरा परेको अवस्थामा फेला परेको हो ।
अन्दाजी ६०/६५ बर्षिय महिला को र कहाँको रहेको बारे अझै खुल्न सकेको छैन भने लासलाई पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको ईन्स्पेक्टर रोकायाले जानकारी दिए । मावि खजुरी चन्हादेखि करिब १०० मिटर पश्चिम तर्फ खेतमा खेतधनी राहर (एक दालको जात) रोप्न जाँदा महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…