अन्धविश्वासको भुमरीमा मधेश : बोक्सी आरोपमा छोराद्वारा आमाको हत्या
न्यूज ब्यूरो, सिरहा । सिरहामा बोक्सी आरोपमा कुटिएकी महिलाको ज्यान गएको छ । कर्जन्हा नगरपालिका ३ खैराटोलकी ८५ वर्षीया सुदामा देवि साहको उपचारको क्रममा ज्यान गएको हो । उनी आफ्नै ४७ वर्षीय छोरा राम अवतार साहबाट बोक्सी आरोपमा कुटिएकी थिइन् । गत मंगलबार बेलुका बोक्सी भन्दै घरायसी विवादका क्रममा घाँटी थिच

२०७७ कार्तिक १६ आइतबार, दिउँसो १:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बोक्सी आरोपमा कुटिएकी महिलाको ज्यान गएको छ ।
कर्जन्हा नगरपालिका ३ खैराटोलकी ८५ वर्षीया सुदामा देवि साहको उपचारको क्रममा ज्यान गएको हो । उनी आफ्नै ४७ वर्षीय छोरा राम अवतार साहबाट बोक्सी आरोपमा कुटिएकी थिइन् ।
गत मंगलबार बेलुका बोक्सी भन्दै घरायसी विवादका क्रममा घाँटी थिची घाइते बनाएकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएपनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याइयो । तर, यहाँ उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सुदामाको उपचारकै क्रममा शनिबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी एवम् डीएसपी शालिग्राम शर्माले जानकारी दिए । प्रहरीले कुटपीट गरी घाँटी थिच्ने सुदामाका छोरा राम अवतारलाई आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसयघि राम अवतारले आमालाई बोक्सी आरोप लगाउँदै कुटपीट गरी मलमुत्र खुवाउने प्रयाससमेत गरेका थिए ।
गाउँलेहरुले सुदामा तथा उनका परिवारलाई बोक्सी भन्दै पटकपटक मानसिक यातना दिँदै आएका कारण घरमा विवाद चल्दै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…