बालकलाई प्रहरीको गोली लागेको बारे छानबिन गर्न समित गठन
स्थानीयहरुले गाडी रोकी एक्कासी ढुङ्गा मुढा गर्न थाले पछी भीड नियन्त्रणमा लिनको लागि प्रहरीले १२ राउन्ड हवाइ फायर गरेको थियो ।

२०७७ कार्तिक १४ शुक्रबार, दिउँसो १:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारामा गत बुधबार भएको अस्वभाविक घटनाको बारेमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाराले छानबिन समिति गठन गरेको छ ।
बाराको सुवर्ण गाउँपालिका वडा नं. २ मा भारतबाट भन्सार चोरी छली गरी ३ वटा मोटरसाइकलमा ल्याइएको ७ बोरा प्याज प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय कवही बारामा राखेको र उक्त प्याज गाडीमा लोड गरी ईलाका प्रहरी कार्यालय कवहीबाट रातीको समयमा जिल्ला प्रहरी कार्यालय बारा तर्फ ल्याउने क्रममा स्थानीय र प्रहरी बिच झडप भएको थियो ।
स्थानीयहरुले गाडी रोकी एक्कासी ढुङ्गा मुढा गर्न थाले पछी भीड नियन्त्रणमा लिनको लागि प्रहरीले १२ राउन्ड हवाइ फायर गरेको थियो । झडपमा परी प्रहरी तर्फ ३ तीन जना घाइते भएको र गाडी लगायत सवारी साधनहरु तोडफोड भएको साथै सुवर्ण गाउँपालिका वडा न. २ कवहीगोठ बस्ने १४ वर्षको रन्जन कुमार यादवको टाउकोमा गोलि लागि घाइते भएको सम्बन्धमा सत्य तथ्य बुझी ७ दिन भित्र प्रतिवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालय बाराले ४ सदस्य छनबिन समिति गठन गरेको छ ।
स्थानीय र प्रहरीबीच झडप हुँदा क्षतिग्रस्त भएको प्रहरी भ्यान
उक्त छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय बारा का प्रशासकिय अधिकृत सुरेन्द्र प्रसाद यादवको संयोजकत्वमा गठन गरिएको छ ।
छानबिन समितीको सदस्यमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव ,त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १२ गण शस्त्र प्रहरी निरीक्षक राजेश्वर साह , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका तर्फ बाट शोभाकान्त चौधरी रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…