सबै जना गाउँमा नाच हेर्न गएको बेला घरमा आगलगी, लाखौंको क्षति
आगलागी समयमा पूर्ण रुपमा नियन्त्रणमा आएको, घर पूर्ण रुपमा क्षति भएको तर कुनै चौपाया क्षती नभएको

२०७७ कार्तिक १४ शुक्रबार, दिउँसो १२:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा एक घरमा आगलागी हुदाँ १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
सर्लाही बरहथवा नगरपालिका वडा नं. १४ लालदियर निवासी राम विहारी महतोको घरमा आगलागी हुदाँ उक्त मूल्य बराबरको क्षति भएको छ।
घरको सबै मानिसहरु छिमेकमा लागेको नाच हेर्न गएको बेला ईटा सिमेन्ट र काठले बनेको जस्ता र अल्वेस्टरले छाएको २ तत्ले ८ वटा कोठा भएको घरमा अचानक आगलागी हुदाँ धान अंदाजी ३० मन ३० हजार चामल, गहुँ दाल सहित ५० हजार रुपैयाँ नदग, लत्ताकपडा र भाँडा बर्तन गरी ७० हजार, टि.भि. ,सिलाई मेसिन र दराज गरी ९० हजार, काठको खाट थान ४ थान ५० हजार, सुन २ तोला , चाँदी १० तोला गरी।२ लाख १० हजार र घरको मुल्य १० लाख गरी अन्दाजी १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
कोही नभएको वेलामा अचानक आगलागी भएको भन्ने खबर ०२ः०० बजे प्राप्त हुन साथ इ।प्र।का।हिरापुरबाट प्रहरी नायब नीरिक्षक दिपेन्द्र बहादुर मल्लको कमाण्डमा ६ जना, ईलाका प्रहरी कार्यालय बरहथवाबाट सई विकरु मण्डलको कमाण्डमा ४ जना, शसस्त्र प्रहरीका ईन्स्पेक्टरको कमाण्डमा ४ जनाको टोली, हरिवन नगरपालिका।को दमकल र स्थानिय मानिसहरुको सहयोगमा आगोलाई दुई घण्टाको लामो प्रयासपछि नियन्त्रणमा लिएको छ।
आगलागी समयमा पूर्ण रुपमा नियन्त्रणमा आएको, घर पूर्ण रुपमा क्षति भएको तर कुनै चौपाया क्षती नभएको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…