सप्तरीको यी नगरपालिका बन्द, २ वटा वडा सील
नगरपालिका कार्यालयका केही कर्मचारीको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर पनि पठाइएको

२०७७ कार्तिक १२ बुधबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ को सप्तरी जिल्लाको एक स्थानीय तहको कार्यालय बन्द गरिएको छ भने २ वटा वडा पनि पूर्ण रुपमा सील गरिएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिकाले बुधबारदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गर्नाका साथै वडा नम्बर १० र ११ लाई पूर्ण रुपमा लकडाउन तथा सिल गरेको हो ।
नगर प्रमुख उत्तमकुमार शर्माले बुधबार एक सूचना प्रकाशन गरी यही कात्तिक १८ गतेसम्मका लागि नगरपालिकाका कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गरिएको जनाएका छन् ।
सप्तकोशी –१० का ६८ वर्षीय वडाध्यक्ष र नगरपालिकामा कार्यरत ४४ वर्षीय स्वास्थ्यकर्मीसहित ३१ जना कोरोना संक्रमित भएपछि एक हप्ताका लागि अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरिएको नगर प्रमुख शर्माले जानकारी दिए ।
नगरपालिका कार्यालयका केही कर्मचारीको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर पनि पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…