झिझिया प्रतियोगीलाई होटल होलिडेको निःशुल्क भोजन
प्रतियोगितामा प्रथम हुने समूहले ५५ हजार, द्वितीयले ४५ हजार र तृतीयले ३५ हजार पुरस्कार रासी पाउनेछन् ।

२०७७ कार्तिक ११ मंगलबार, बेलुकी ६:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अचेल होटल व्यवसायीहरुले विभिन्न सेवाको नाममा ग्राहकसँग चर्को मूल्य असुल्ने गरेको तथ्य अपत्यालिरो होइन ।
तर, सबैलाई भने त्यस्तै भन्दा गलत होला । कतिपयले व्यवसायसँगै बेला बखत समाजिक कार्यमा पनि योगदान गरिरहेका हुन्छन् ।
एउटा यस्तै उदाहरण दिएको छ, मिर्चैयाको होटल होलिडे । होटल होलिडेले दशैंमा भइरहेको झिझिया प्रतियोगिताका प्रतियोगीलाई निःशुल्क भोजन गराएको छ ।
कर्जन्हा बजारमा भइरहेको झिझिया प्रतिगितामा सहभागी सबै टिमलाई होटल होलिडेले मंगलबार निःशुल्क भोजन गराएको हो । कर्जन्हा दुर्गा मेला समितिले आयोजना गरेको झिझिया प्रतियोगितामा जम्मा १२ वटा टिम सहभागी छन् ।
एउटा टिममा १२ जना छन् । होटल होलिडेले १२ वटै टिमका एकसय २० जनासहित मेलाका अगुवाहरु समेतलाई गरी झण्डै डेढसय जति जनालाई निःशुल्क भोजन गराएको हो ।
प्रतियोगिताको फाइल आज हुँदैछ । फाइनलको दिन प्रतियोगीहरुलाई निःशुल्क भोजन गराउने बाचा अनुरुप भोजनको व्यवस्था मिलाएको होटल होलिडेका सञ्चालक सदस्य उदय नायकले जानकारी दिए ।
भोजनमा शाकाहारी र मांसाहारी दुबैको व्यवस्था गरिएको थियो । समाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क भोजन गराएको होटलका सञ्चालक सदस्य अमर नायकले बताए ।
सामाजिक उत्तरदायित्व आफूहरुको पनि भएकाले संस्कृति संरक्षणका लागि लागेका व्यक्तिहरुलाई मनोबल बढाउने उद्देश्यले आफूहरु पनि अगाडि आएको उनले बताए । व्यवसायसँगै सामाजिक कार्य पनि आफूहरुको प्राथमिकतामा रहेको भन्दै विभिन्न समयमा सहयोग गर्दै आएको र यस्ता कार्यका लागि सदैव तत्पर रहने पनि उनको प्रतिवद्धता छ ।
झिझिया प्रतियोगितामा सहभागी १२ टिममध्ये क्रमशः ३ टिम विजेता बन्नेछन् । प्रतियोगितामा प्रथम हुने समूहले ५५ हजार, द्वितीयले ४५ हजार र तृतीयले ३५ हजार रुपैयाँ पुरस्कार रासी पाउनेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…