राजदेवीमा बोकाबलीको लागि ४ वटा 'ठेहा'
अहिले केही बेरमा साँझ ७ बजेदेखि विधिवत रुपमा बोकाबली कार्यक्रम सुरु हुने जनाईएको छ ।

२०७७ कार्तिक ८ शनिबार, बेलुकी ६:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवीमा बोकाबलीको लागि यसपाली पनि ४ वटा ठेहा (बोका काट्ने स्थल) बनाईएको आयोजक समितिले जनाएको छ ।
आयोजक समिति महावीर युवा कमिटिले बोकाबलीको लागि यसपाली पनि ४ वटा ठेहाको व्यवस्था गरिएको जनाएको छ । ४ वटा ठेहामा प्रत्येक मिनटमा ४० देखि ५५ वटासम्म बोकाको बली दिइने समितिको अनुमान छ ।
गत वर्ष पनि ४ वटा ठेहा स्थल राखेर प्रतिमिनट ५५ वटासम्म खँसीको बली दिइएको थियो । यसपाली पनि जनकपुरमा खँसी चढाउनेको सँख्या अन्य वर्ष जस्तै देखिएको भन्दै ठेहा सँख्या यथावत राखेर ३ घण्टामै बली प्रदान कार्यक्रम सम्पन्न गर्ने योजना बनाईएको छ ।
अहिले केही बेरमा साँझ ७ बजेदेखि विधिवत रुपमा बोकाबली कार्यक्रम सुरु हुने जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…