राजदेवीमा बोकाबलीको लागी आउने (खँसी) बोका फिर्ता हुने छैन : आयोजक
महावीर युवा कमिटि आयोजक रहेको राजदेवी पूजन तथा बली प्रदान व्यवस्थापन तर्फ केन्द्रीत भएको जनाईएको छ ।

२०७७ कार्तिक ८ शनिबार, बेलुकी ६:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरको राजदेवीमा हुने बोकाबलीको लागि आउने खँसी (बोका) फिर्ता नहुने आयोजक समितिले जनाएको छ ।
यतिको दिनदेखि भीडभाड कम गर्ने उदेश्यले बली प्रदान कार्यक्रम नहुने भनिएपनि आयोजक महावीर युवा कमिटिले भाकल गरी आएको खँसी (बोका) त्यतिकै फिर्ता नहुने गरी व्यवस्था मिलाएको बताएको छ ।
साँझ ७ बजेदेखि राती १० बजेसम्म मात्र बोकाबली हुने प्रचार प्रसार समाजिक सँजाल तथा अन्य ठाउँबाट भएपनि बोकाबलीको लागि आउने बोका त्यतिकै फिर्ता नगरी बोका बली प्रदान गरेर मात्र पठाईने जनाईएको छ । आयोजक समितिले राती २ बजेसम्म भएपनि बलीको लागि आउने बोका चढने बताएको छ ।
प्रत्येक वर्ष साँझदेखि नै सुरु हुने बोकाबली बिहान ३ बजेसम्म जारी रहेकोमा यसबर्ष भीडभाड नगर्न उदेश्यले कमै सँख्यामा आउने खँसी राती १० बजेसम्म अर्थात ३ घण्टामा समेटिने अनुमान गरिएको छ । यद्यपी, गत वर्ष करिब १६ हजार बोकाबली भएकोमा यसपाली कम खँसी आउने अनुमान गरी नै केही समयमै बोकाबली सम्पन्न हुने अनुमान गरिएको छ ।
स्थानीय प्रशासनले समेत बोकाबली नहुने भन्दै आएकोमा अन्ततः पौराणिक परम्परालाई कोरोनामा पनि निरन्तरता दिने भएको छ । महावीर युवा कमिटि आयोजक रहेको राजदेवी पूजन तथा बली प्रदान व्यवस्थापन तर्फ केन्द्रीत भएको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…