धनुषाको ठाढीमा विवाहमण्डप बन्दै
विवाहमण्डप बनेपछि स्थानीयहरुको लागि एक आस्थाको केन्द्र बन्ने विश्वास लिईएको छ ।

२०७७ कार्तिक ७ शुक्रबार, दिउँसो १:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ४ ठाढी स्थित विवाहमण्ड निर्माण हुने भएको छ ।
एका कार्यक्रम अन्तर्गत नगरपालिकाका मेयर बेचन दास र वडा नं. ४ का वडाध्यक्ष बिनोद गोहितमानले सँयुक्त रुपमा सो विवाह मण्डपको शिलान्यास गरेका छन् ।
नगरपालिकाको तर्फबाट छुटयाईएको वडास्तरीय ९ लाख रुपैयाँ बजेटमा सो विवाहमण्डप निर्माण हुन लागेको वडाध्यक्ष गोहितमानले जानकारी दिए । उनले स्थानीयहको विशेष आग्रहलाई मध्यनजर गर्दै विवाहमण्डप निर्माण गर्न लागिएको बताए ।
वडाध्यक्ष गोहितमानको अध्यक्षता, मेयर दासको प्रमुख आतिथ्यिमा भएको शिलान्यास कार्यक्रममा शिक्षक लखन दासले विवाह मण्डपको प्रयोग र आस्थाको बारेमा आम नागरिकलाई प्रष्टयाएका थिए । वैवाहिक कार्यक्रम सहित आदर्श विवाहको लागि विवाहमण्ड एक केन्द्रविन्दुको रुपमा हुने शिक्षक दासले दाबी गरे ।
सोही कार्यक्रमको क्रममा दशैं, दिपावली तथा छठको समेत शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । विवाहमण्डप बनेपछि स्थानीयहरुको लागि एक आस्थाको केन्द्र बन्ने विश्वास लिईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…