जनकपुरः बीच सडकमै हिलोमा एक व्यक्तिको लास
हिलोबाट बाहिर ल्याएर शवलाई पहिचान गर्ने प्रक्रिया गरी पोष्टमार्टमको लागि अस्पताल पुरयाईने

२०७७ कार्तिक ७ शुक्रबार, बिहान ११:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरको बीच सडकमै हिलोमा एक व्यक्तिको लास (शव) फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ पीडारीदेखि कुर्था जाने बाटोमा बीच सडकमै एक जनाको लास फेला परेको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।
प्रहरीका अनुसार चलनचल्तीमै रहेको बाटोमा हिलो र पानी दुवै रहेको छ । सोही हिलोमा घोप्टो परेर एक व्यक्ति देखा परेको छ । तर, महिला वा पुरुष के हो भनेर अझै पहिचान गरिएको छैन् । प्रहरीले भने, –“घोप्टो परेको अवस्थामा लास छ , कपाल लामो देखिएकोले महिला हुन सक्छ, तर अहिले लठ्ठीले मात्र लास हो भनेर पहिचान गरेका छौं, हिलोबाट बाहिर ल्याएपछि मात्र महिला वा पुरुष भन्न सकिने तथा सनाखत हुन सक्नेछ ।”
मृतकको शरिरमा कपडा समेत देखिएको छैनन् । केही दिन यतादेखि वडा प्रहरी कार्यालय मुजेलियामा महिला हराएको सम्बन्धी कुनै प्रकारको घटना दर्ज नभएको पनि बताईएको छ ।
वडा प्रहरी कार्यालय मुजेलिया र जिल्ला प्रहरी कार्यालय धनुषाको सँयुक्त टोली अहिले घटनास्थल पुगेर मुचुल्का उठाउने क्रम जारी राखेको छ । हिलोबाट बाहिर ल्याएर शवलाई पहिचान गर्ने प्रक्रिया गरी पोष्टमार्टमको लागि अस्पताल पुरयाईने बताईएको छ ।
#Postmortom #Janakpur #laas #Rape
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…